नारच्याङका विद्यार्थीले खाजा खर्च कटाएर बुदुजाको उपचारका सहयोग

0
207

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थति प्रभा माविका पुर्व विद्यार्थी १७ बर्षिय बिशाल बुदुजाको उपचारमा विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका छन् । विद्यालयमा पुर्व विद्यार्थी समेत रहेका बुदुजाको मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि काठमाण्र्डौमा उपचार भइरहेको छ ।

विद्यालयमा अध्ययरत विद्यार्थीले उपचारमा सहयोग तथा शिर्घ स्वास्थ्य लाभको कामना गदैं ९ हजार २६० रुपैयाँ प्रधानध्यापक भगबान बहादुर कार्कीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको छ ।

‘शिक्षकको सहयोगमा विद्यार्थीले समेत आफ्नो खाजाका लागि छुट्याएको खर्च उपचारमा सहयोग गरे । उपचारमा गाउँबाट समेत सहयोग जुटिरहेको छ’ कार्कीले भने । विश्व बन्यजन्तु संरक्षण कोषका कर्मचारी हाल काठमाण्डौमा रहेका दिपेन्द्र जोशीले समेत उपचारमा ५ हजार सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचारबाट बन्चित भएका बुदुजाको उपचारमा कोषले अभियान सञ्चालन गरिरहेको छ ।

विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका थिए । विश्वमै निकै कम विरामीमा देखिने मुखको हड्डीको समस्याबाट ग्रसित भएका बुदुजालाई अमेरिकाका कुवेत, कतार, कोरिया, जापान लगाएतका देशमा आर्थिक संकलन भइरहेको छ ।