तेस्रो एभरग्रीन कप: फाइनलमा माउण्ट र क्याम्पसचोक भिड्ने

0

म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन भइरहेको तेस्रो एभरग्रीन फुटबल प्रतियोगिताको फाइनलमा माउण्ट एभरेष्ट आवासीय मावी र क्याम्पस चोक यूवा क्लव भिड्ने भएका छन् । शनिबार बिहान सम्पन्न भएको न्यू दोभान यूवा क्लव र क्याम्पस चोक यूवा क्लव विचको खेलमा १ गोल प्रहार गदैं क्याम्पसचोकले फाइनलको यात्रा तय गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलका उपाधीका दावेदार मानिएको न्यू दोभानलाई पछाडी पादैं क्याम्पस चोक अन्तिम खेल अर्थात फाइनलमा प्रवेश गरेको थियो ।

अनुकुल मौसम र खचाखच दर्शकका विच भएको खेलमा दुवै पक्षमा दर्शकको हुटिङले खुल्लामञ्च गुञ्जयमान भएको थियो । त्यस्तै अर्को सेमिफाइनलको खेलमा आयोजक एभरग्रीन यूवा क्लवलाई सुन्य का विरुद्ध २ गोल प्रहार गदैं माउण्ट एभरेष्ट फाइनलमा पुगेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा १ गोलले अग्रता लिएको माउण्ट एभरेष्टले समय थपलाइ समेत सदुपयोग गदैं थप एक गोल गदैं फाइनलमा प्रवेश गरेको थियो अहिले दिउसो हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । प्रतियोगिताको सुरुवात देखिनै निकै आक्रामक देखिएको एभरग्रिन, र न्यू दोभान मैदानबाट बाहिरिएपछि उपाधीको दावेदारका रुपमा मैदानमा रहेको माउण्ट र क्याम्पसचोक विचको फाइनल खेल बेनीअनलाइनले आफ्नो फेसबुक पेजमा मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।