न्यु वेष्ट पोइन्ट आवासीय माविमा संचालित बाल भेला सम्पन्न भएको छ । श्रावण १९ गते देखि संचालन भएको ३ दिने जिल्लास्तरीय बाल भेला ८ बुंदे घोषणा पत्र जारि गर्दै २१ गते शनिबार सम्पन्न भएको हो । उद्घाटन पछिका सहजीकरण तथा तालीमका सत्रहरु मध्ये वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दीका सदस्य तथा नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठ द्वारा “बाल भेला किन र केका लागि ?”,

महिला तथा बालबालिका कार्लायाका निमित्त प्रमुख भुवन मल्ल द्वारा “बालअधिकार र सरोकारवाला निकाय” प्रकाश मावि श्रोत केन्द्रका श्रोत व्यक्ति मोहन बानिया द्वारा “बिद्यालय शान्ति क्षेत्रः नीति कार्यान्वान्यनका चुनौती” न्यु वेस्ट पोइन्ट आवासीय माबीका प्रिन्सिपल डा लाल रापचा द्वारा UNDOC लागु औषध दुव्र्यसन र अपराध” जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका सब इन्स्पेक्टर शिव प्रसाद पाठकद्वारा “ट्राफिक नियम र पालना” वेस्ट पोइन्ट मिडिया हबका संयोजक तथा शिक्षक कृष्णा जिसीद्वारा “प्रतिबेदन लेखन अभ्यास” जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक बसुन्धरा भुसालद्वारा “यौन दुव्र्यबहार कानुनि ब्यबस्था तथा लैंगिक सवाल” जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य निरीक्षक भिम आव्हार्यद्वारा “किशोरावस्था चुनौती र ब्यबस्थापन” विद्यालयका भाइस प्रिन्सिपल र मंटेसरी इन्चार्ज थरिमाया पुनद्वारा “किशोरावस्था प्रजनन स्वास्थ्य” खेल शिक्षक दिपेन राइदारा “खेलकुद र जीवन” सुदर्शन कुमार श्रेष्ठद्वारा “बाल इजलास बाल न्यायालय” र शिक्षाका देबी जिसी आसामाया रोकाद्वारा छात्राहरुकोलागी “सेनेटरी प्याड निर्माण तालिम” लगायतका सत्रहरुमा सहजीकरण गरिएको थियो ।

३ दिन सम्म संचालन भएको भेलामा खाना आवास सहितको ब्यबस्था विद्यालयले गरेको थियो । प्रसिद्द धार्मिक स्थल गलेश्वर मन्दिर ऐतिहासिक स्थल मल्लाज दरबारको भ्रमण तथा अबलोकन समेत गरिएको थियो । तालिम र बिबिध सत्रहरुमा प्राप्त गरेका ज्ञान सिप र चेतना ब्यबहारिक रुपमा अभ्यासमा ल्याउन सहभागी बिद्यार्थीहरु द्वारा ८ बुंदे प्रतिबद्दता ब्यक्त गरिएको छ । सरोकारवाला निकायहरुबाट बाल मैत्री बाताबरण सहज पहुचमा बाल बालिकाहरुलाई बालअधिकारको प्रत्याभूति गराउने र आवस्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरिएको छ ।

समापान कार्यक्रममा प्रमुख अतिथिद्दारा सहभागी विद्यार्थी र विद्यालयलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बाल कल्याण समितिका संयोजक एबम प्रमुख जिल्ला अधिकारी राजु प्राद पौडेल, जिल्ला शिक्षा अधिकारि राम कुमार श्रेष्ठ, प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्का, नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष नेत्रबहादुर महत, शिक्षक अभिभाक संघका सदस्य हरि सुबेदी, फाउन्डेसन सदस्य सुदर्शन कुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरि सहभागी विद्यालयशहरु मध्येबाट ज्ञानोदय मावी भुरुंग तातोपानीकि सोस्ती गर्बुजा र जामुनाखर्क माविकि आयुसा बिस्वकर्माले ३ दिने भेलाको अनुभबका बारेमा बोलेका थिए ।श्रीबक्स गुल्मका गुल्मपति अनिल कुमार बुढाथोकी विद्यालय निरीक्षक बिस्व प्रकास रेग्मी, राष्ट्रिय अनुसान्धान विभागका इन्स्पेक्टर, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन कुमार बिस्वकर्मा बेनी नगरपालिका वडा नम्बर ७ र ८ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण बराइली, म्याग्दी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रेखा कौसल रेग्मी लगायतको उपस्थिति रहेको कार्यक्रम फाउन्डेसनका अध्यक्ष शिब कुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रिन्सिपल डा लाल रापचाको स्वागत एबम धन्यबाद ज्ञापन र शिक्षक कृष्ण जिसीको संचलानमा सम्पन्न भएको थियो ।