उत्तरी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा सम्पन्न एक भेलाले जनार्दन मल्लको अध्यक्षतामा लामाखेत बजार व्यवस्थापन समिति गरेको छ । समितिको उपाध्यक्षमा लोकनाथ रेग्मी, सचिवमा जीबन मल्ल, कोषाध्यक्षमा सुशील मल्ल र सहसचिवमा अनुशा कार्की रहेका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा सन्तोष रावल, रेमबहादुर विश्वकर्मा, लक्ष्मण शर्मा, विजय श्रेष्ठ, बाबुराम आचार्य, सिर्जना श्रेष्ठ र पदम कार्की रहेका छन् । भेलाले यसअघि जलजला गाउँपालिकाले लामाखेतलाई गाउँपालिकाको केन्द्र बनाउने निर्णय गरेकोमा स्वागत गरेको जनाएको छ ।

लामाखेत बजार व्यवस्थापन एवं केन्द्र सञ्चालनका लागि गाउँपालिकालाई आवश्यक सहयोग गर्ने उद्देश्यसहित लामाखेत बजार व्यवस्थापन समिति गठन गरिएको बताइएको छ । यसैबीच भेलाले गाउँपालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन लामाखेत बजार व्यवस्थापन समितिका अध्यक्ष जनार्दन मल्ल संयोजक, धौलागिरि सेलर मिल, धौलागिरि ह्याचरी उद्योग, क्षेत्रबहादुर हमाल र ठाकुरप्रसाद रेग्मी सदस्य रहेको जग्गा मूल्य निर्धारण समिति समेत गठन गरिएको जनाइएको छ ।