अन्नपूर्ण गाउँपालिकाको शिख पाउद्धारस्थित खयरबराह र राम्चेको नागीमा सोमबार पुजा गर्ने भक्तजनहरुको मन्दिरमा पुगेका छन् ।

हरेकबर्ष जनैपूर्णिमाको दिन म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा पुग्ने भक्तजनहरू दुविधामा परेपछि मन्दिर ब्यवस्थापन समितिले नागपञ्चमीको दिन परेको जनैपूर्णिमाका बली दिन नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति बताएपछि जनैपूर्णिमाको दिन हुने पुजा सोमबार अर्थात साउन २३ गते सरेको थियो ।

दुवै मन्दिर ब्यवस्थापन समितिले दिउँसो १२ बजे भित्र पुजाआजा सक्ने गरी सक्ने जनाएका छन् । खयर बराह मन्दिरमा तीनदिन अगाडी नै भक्तजनहरु प्रस्थान गरेका थिए भने केही शनिबार विहान शिखको पाउद्धार गाउँ, घार लगाएतका क्षेत्रबाट मन्दिरमा खोप्रामा पुगेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद तिलिजाले बताए । पाउद्धार, खोप्रा हुदै खयर क्षेत्रमा पुगेर बस्ने भक्तजनहरु सोमबार विहानै मन्दिर तर्फ प्रस्थान गर्ने गरेका छन् ।

विगतमा खुल्ला आकाशमा दिन विताउने गरेका भक्तजनहरुलाई यसबर्ष आवश्यक पूर्वाधार निर्माण गरिएकाले सहज भएको छ । भोली साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले पनि विहानै पुजाआजा सक्नुपर्ने धार्मिक क्षेत्रका जानकार बताउँछन् । शमुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको खयरबराह मन्दिरमा ३ सयको हाराहारीमा भेडाको बली दिने गरिन्छ ।

पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी,, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ जनैपूणिर्माको अवसर पारेर तलाउमा स्नान गर्ने र बाराही थानमा पूजाआजा र भाकल गर्नेहरुको भीड लाग्ने गर्दछ । नांगीमा पुजाआजा गर्न आइतबार म्याग्दी र पर्वतका विभिन्न स्थानबाट भक्तजनहरु नांगी पुगेका छन् । बाराही थानमा पूजापाठ गरेपछि तलाउमा गएर चिच्याउँदै आफूलाई आवश्यक वर माग्ने र वर पूरा भएमा फिर्ता गर्नका लागि भक्तजन पुग्ने गर्दछन् ।

ताल परिसरमा एक९एक गरी पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ ।तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गर्छन् । दुईदिनसम्म मौसम अनुकल भएपनि आइतबार साँझदेखी बर्षा भएकाले भक्तजनलाई समस्या परेको छ ।