ड्रिलिप आयोजना भुक्तानी बिवाद : असार २७ सम्म इञ्जिनियर खटिएको प्रमाणित

0
190

जिल्ला समन्वय समिति म्याग्दी अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा असार २७ गतेसम्म इञ्जिनियर कार्यक्षेत्रमै खटिएको प्रमाणित गरेको तथ्य खुलेको छ ।

आर्थिक बर्ष २०७३÷०७४ को असार १६ गते उक्त आयोजनाको ठेक्का तोडिएको र असार १६ देखि २७ गतेसम्मको रकम भुक्तानीका विषयमा स्थानीय विकास अधिकारी (एलडिओ) प्रेमराज गिरी, जिल्ला इञ्जिनियर रविन महर्जन र ठेकेदार हिमदुङग एण्ड ठोकर नाना जेभी काठमाडौँका स्थानीय प्रतिनिधी रविन्द्र कार्की बीच बिवाद भएको थियो ।

स्थानीय विकास अधिकारी गिरि र इञ्जिनियर मर्हजनले ठेकेदार कार्कीले अनावश्यक दबाब दिएको भन्दै आर्थिक बर्ष सकिन २ अघि जिल्ला समेत छोडेका थिए । स्थानीय विकास अधिकारी गिरिले १६ गते नै ठेक्का तोडिएको भन्दै १६ देखि २७ गतेसम्म गरेको कामको भुक्तानी दिन नसक्ने बताएका थिए । तर, ड्रिलिप आयोजना मार्फत असार १६ देखि २७ गतेसम्म नै इञ्जिनियर दिपक थापा बेनी–अर्थुङ्गे–पात्लेखेत सडकखण्डको कार्यक्षेत्रमै खटिएको भेटिएको हो । त्यसलाई स्थानीय विकास अधिकारी गिरि सहित जिल्ला इञ्जिनियरले प्रमाणित गरेका छन् ।

‘यसैको आधारमा इञ्जिनियरले तलब पाएका छन्, यदि १६गते नै आयोजनाको ठेक्का तोडिएको हो भने, २७ गतेसम्म किन इञ्जिनियर खटाएको प्रमाणित ग¥यो ?’, ठेकेदार कार्कीले भने, ‘यदि त्यशो हो भने अख्तियारको दुरुपयोग भयो की भएन ?’ ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधी कार्कीले १० दिनमा एक करोड ९ लाख रुपैयाँको काम गरेको भन्दै उक्र रकम भुक्तानी गर्न जिससमा माग गर्दै आएका छन् । यस विषयमा स्थानीय विकास अधिकारी गिरिसँग पटक–पटक सम्पर्क प्रयास गर्दा समेत सम्पर्क हुन सकेन । उनी काठमाडौँमा एकमहिना लामो सेवाकालीन तालिममा गएका छन् ।

ड्रिलिपले आयोजना अन्र्तगत देउराली–अलबाङसम्मको सडक स्तरोन्नति गर्न ६ करोड १५ लाख रुपैयाँ ठेक्का लगाएको थियो । ड्रिलिप आयोजना जिल्लामा सबैभन्दा बिवादित आयोजना हो । मुआब्जा वितरण देखि सडक ग्राभेल, ढल निर्माण, आरसिसि ढलान सम्म यो आयोजना बिवादित बनेको छ । सडक स्तरोन्नतिका नाममा खनिएका माटोका कारण बेनीबजारको क्याम्पस र मंगलाघाट क्षेत्र बर्षेनी बाढीको चपेटामा पर्दै आएका छन् । रिखार दैनिक