जिसस मुस्ताङमा एमालेकी छिरिङ ल्हामो गुरूङ

जिल्ला समन्वय समिति मुस्ताङको अध्यक्षमा नेकपा एमालेकी छिरिङ ल्हामो गुरूङ निर्विरोध चयन भएकी छन् । नेपाली कांग्रेस, नेकपा एमाले विच भएको भद्र सहमति अनुसार उपाध्यक्षमा नेपाली कांग्रेसकी राजेन्द्र शेरचन, खुल्ला सदस्यमा नेपाली कांग्रेसका सञ्जय थकाली, दलित सदस्यमा विष्णु नेपाली परियार, महिला सदस्यमा राप्रपाकी कल्पना द्धारचन,नेपाली कांग्रेसकी शान्ति गुरुङ र नेकपा एमालेकी दुर्गादेवी रसाईली रहेका छन् ।

जिल्लामा कुनैपनि दलको बहुमत नभएपछि सहमतिमा पद बाँडफाड गरिएको थियो । जिससमा मताधिकार भएका पाँचवटा गाउँपालिका मध्ये ५ जना काँग्रेस, ४ जना एमाले र १ जना स्वतन्त्रका रहेका छन् । स्वतन्त्रबाट गाउँपालिका जितेकाले समेत एमालेलाई सर्मथन गरेका थिए । स्थानीय तहको निर्वाचनम एकअर्कालाई आरोप प्र्रत्यारोप लगाएका दलले जिससमा सहमति गरेको मुस्ताङका पत्रकार निरज थकालीले बताए । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट समेत उम्मेदवारी दिएकाहरुले एमालेलाई साथ दिएका थिए ।