म्याग्दीका चार खेलाडी कराँते खेल्न बंगलादेशमा

0

म्याग्दीका लोकप्रिय चारजना कराँते खेलाडी अन्र्तराष्ट्रिय खेलमा सहभागि साक राष्ट्र बंगलादेश पुगेका छन् । बिहिबार देखी हुने खेलमा चन्द्र बुढा, गौरव घर्तीमगर, प्रजोल शेरचन र मार्सल गर्बुजा प्रशिक्षक सहितको टोली बंगलादेश पुगेको त्यहाँबाट चन्द्र बुढाले बेनीअनलाइनलाई जानकारी दिए ।

‘खेलका लागि तयारी अवस्थामै छौ, सबैले उत्कृष्ट खेल प्रर्दशन गर्ने गरी अभ्यासमा जुटेका छौ’ बुढाले भने । प्रतियोगितामा बुढा ६७ केजी, घर्ती ६० केजी, शेरचन ५० केजी र गर्बुजा ३५ केजी तौल समुहको खेलमा प्रस्पिर्धा गर्नेछन् । विगतमा समेत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा सहभागिता जनाएर उपाधि जितेका खेलाडीहरुबाट यसपटक पनि पदकको आशा गरिएको छ ।

‘यो ठुलो सफलता हो, सबै क्षेत्रबाट सहयोग भए कराँतेमा जिल्लाको पहिचान अन्र्तराष्ट्रियस्तरमा पु¥याउन थप सजिलो हु्न्छ’ खेल प्रशिक्षक विरेन्द्र श्रेष्ठले भने । मेहनत र अनभुवी खेलाडीहरु भएकाले पनि म्याग्दी जिल्लाका खेलाडीले सजिलै अन्र्तराष्ट्रिय खेलमा सहभागिता जनाउने अवसर पाएको उनले बताए । विद्यालयस्तरबाटै कराँते खेलमा सहभागिता खेलाडीहरूले सार्कस्तरीय खेलका लागि राष्ट्रिय टिमबाट समेत खेल खेलेका छन् ।। म्याग्दीमा ब्यवसायीक कराँते प्रशिक्षण भइरहेकाले पनि खेलाडीहरूलाई सहज भएको छ ।