पश्चिम म्याग्दीको माथिल्लो क्षेत्रमा अविरल बर्षासंगै खोलाको सतह बढेको छ । बुधबार राती एक्कासी खोलामा पानीको बाहव बढेपछि तटिय क्षेत्रका बसोबास गर्ने त्रसित भएका थिए । राती करिव ९ बजेपछि खोला बढेको बेनपा–४ तातोपानीका कुमार केसीले बताए । ’खोला बढेपछि दाउरा खोज्ने खोलातिर गएका थिए ।एक्कासी खोला सतह बढ्यो’ केसीले भने । खोलाले रुखै बगाएर ल्याइरहेकाले पनि माथिल्लो क्षेत्रमा पहिरो गएको अनुमान गरिएको छ ।

खोला उर्लिएर आएपछि बेनपा–२ हाँडेभीर नजिक महिला उद्यमीको भवन आसपासमा बसोबास गर्नेहरु त्रसित भएर हाँडेभिरमा आएका थिए । विस्तारै खोलाको बाहव बढेको स्थानीयको भनाई छ । एक्कासी खोलाको बाहव बढेपछि खोला आसपासका बस्तीहरुलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

खोलाको बाहव संगै ठुलो आकारका रुख बगाइरहेको छ । त्यस्तै खोलाको आवाज र माटोको गन्ध समेत फैलिएपछि सामाजिक सञ्जालमा समेत म्याग्दी खोला आसपासका बजार तथा गाउँहरुमा बसोबास गर्नेले सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

फाईल तस्विर