मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । गएराती खोलामा एक्कासी पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन, खेलकुद मैदानका साथै आसपासका क्षेत्रमा कटान गरेको मालिका गाउँपालिकाका प्रमु्ख श्रीप्रसाद रोकाले बेनअीनलाइनलाई बताए ।

‘कटानले क्षती पुगेको छ, तत्काल यसलाई रोकथाम नगरे बजार नै जोखिममा पर्नेछ’ रोकाले भने । उनले नदी कटानका कारण खेलकुद मैदान नजिक रहेको चौतारा नजिक पुगेको छ । कटानले पुर्याएको क्षतीको गाउँपालिाकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्ष सहितको टोलीले अनुमगम समेत गरेको छ।

म्याग्दी खोलाको कटानको जोखिममा रहेको दरवाङमा विगतमा समेत तथबन्ध गरिएपनि प्रयाप्त बजेटको अभावका कारण आवश्यकता अनु्सारको तथबन्ध हुन सकेको थिए ।

बुधबार राती ९ बजे एक्कासी खोलाका पानीको बाहव बढेपछि दरवाङ कटानको चपेटामा परेको हो । स्थानीयबासीका अनुसार कटान रोकिएको छैन् । बर्षासंगै खोलामा पानीको बाहव बढे थप क्षती हुनसक्ने भन्दै तथबन्ध लगाएतका पूर्वाधारको पहल गर्न स्थानीयले माग गरेका छन् । दरवाङ र देविस्थानको फेदी आसपासका क्षेत्रमा साँधुरो भएकाले पनि पानीको बाहव बढ्दा क्षती हुने गरेको छ । यसैविच गएराती बढेको पानीको बाहवले भौतिक क्षती पुर्याएपनि कुनै मानवीय क्षती भएको छैन् ।

यसैविच दरवाङ–विम सडक समेत पहिरोले अवरुद्ध भएको छ । दरवाङ नजिक सडकको माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक माथिबाट नयाँ पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध गरेपछि सवारीसाधन तथा पैदलमार्ग समेत अवरुद्ध भएको छ । म्याग्दी खोलाको माथिल्लो क्षेत्रमा भइरहेको बर्षाका कारण खोला आसपासका क्षेत्रमा पहिरो गएपनि तत्काल जोखिम नभएको प्रहरीले जनाएको छ ।