लियो क्लब अफ बेनीद्धारा जेष्ठ नागरिकलाई भोजन

0
206

लियो क्लब अफ बेनी म्याग्दीले धार्मिकस्थल गलेश्वरमा रहेका जेष्ठ नागरिकलाई जेष्ठ नागरिकलाई भोजन गराएको छ । सेवा नै धर्म हो भन्ने आर्दशलाई आत्मसाथ गर्दै अघी बढेको क्लवले बृद्धबृद्धा संगै संस्कृत विद्यालयका विद्यार्थी गरी ९० जनालाई भोजन गराइएको क्लवका अध्यक्ष निर्मल खत्रीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्लवका सल्लाकार सन्तोष रावलले लियोले गरेको कार्यक्रमले समाजमा हुने बिभिन्न खालको कार्यहरुलाई सहयोग हुने गरेकोले यस्ता कार्यको निरन्तरता हुनुपर्नेमा जोड दिए । गलेश्वर अन्न क्षेत्रमा अध्यक्ष भिमनाथ पराजुलीले जेष्ठ नागरिकलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिन अनुरोध गरे ।

उनले परिवारको साहरा नभएका बृद्धबृद्धालाई अन्न क्षेत्रले निशुल्क भोजन गराइरहेको भएपनि विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताए । क्लवका सचिव झलक जिसीको संञ्चालन उपाध्यक्ष बिशाल खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । राकेश शर्मा