दिवंगत केसीको १३ औँ पुन्य तिथिमा माओवादी केन्द्रद्धारा श्रद्धान्जली सभा

0

नेकपा माओवादी केन्द्र म्याग्दीले पार्टीका दिवंगत नेता कमल केसीको १३ औँ दिनको पुन्य तिथिको दिन विहिवार श्रद्धान्जली सभा गरेको छ । बेनी नगरपालिका ४ तातोपानीमा पार्टीले दिवंगत केसीको स्मृतिमा आयोजना गरेको श्रद्धान्जली सभामा सहभागिहरले दिवंगत केसीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तव्य परिवारजनमा धर्यधारण गर्ने शक्ति प्राप्तीको कामना गरेका थिए ।

दिवंगत नेता केसीकी धर्मपत्नी तुलकुमारी केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रिय सदस्य गोविन्द पौडेलले केसीको निधनले पार्टीलाई ठुलो क्षति भएको बताउँदै जिल्लाले एक कुसल राजनीतिक र सामाजिक व्यक्तित्व गुमाएको बताउनुभयो ।

उहाँले केसीले जिल्लामा पार्टी निर्माण र संगठन विस्तार र सामाजिक क्षेत्रमा पु¥याएको योगदान पार्टीले संधैभर स्मरण गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु चन्दबहादुर घिमिरे, विनोद केसी, हरि भण्डारी लगायतले श्रद्धान्जली मन्तव्य व्यक्त गर्नुभएको थियो भने शेरबहादुर केसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो क्रममा दिवंगत केसीको तस्बिरमा माल्र्यापरण समेत गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य तथा म्याग्दी जिप तथा वस सञ्चालक समिति म्याग्दीका अध्यक्ष रहेका केसीको हृदयघातबाट मृत्यु भएको थियो ।  मालिका गाउँपालिका–७ विम स्थायी घर भएका केसी माओवादी केन्द्र केन्द्रीय आयोजक समिति सदस्य, माओवादी केन्द्र मजदुर संगठन म्याग्दीका अध्यक्ष, माओवादी केन्द्र मालिका गाउँपालिका अध्यक्ष, म्याग्दी जीप तथा बस सञ्चालक समितिका अध्यक्ष, क्षत्री समाजका कार्यसमिति सदस्य लगायतका संघसंस्थामा संलग्न रहेका थिए । राजनीतिक संगै सामाजिक कार्यमा समेत केसी क्रियाशिल रहेका थिए केसी ।