मंगला गाउँपालिका–५ अर्मनको दावाकुनामा पहिरोले एक घर विस्थापित भएको छ । लगातारको बर्षासंगै खसेको पहिरोले अमर बहादुर फगामीको परिवार विस्थापित भएको छन् ।

करिव २ सय मिटर माथि सहयोगी सामुदायिक बनबाट खसेको पहिरोले घरमा क्षती पुगेपछी ६ जना छिमेकीको घरमा आश्रय लिइरहेको घटनास्थलबाट बेनीअनलाइनकर्मी खिम बुढाले बताए । उनका अनुसार प्रहरी कार्यालय बावियाचौर, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीयबासी लगाएतको सहयोगमा पीडितको घरबाट सामानहरू निकालिएको छ ।

पहिरोले खेतीयोग्य जमिनमा समेत क्षती पुगेको छ । पहिरो र नदी कटानले अर्मनको जनजीवन अस्तब्यस्त भएको छ । अर्मनकै किमचौरमा जंगलबाट खसेको पहिरोले १५ घरधुरी उच्च जोखिममा छन् भने हाँडेभीरमा म्याग्दी नदीले कटान गर्दा एक घर भत्किएको छ ।