राखु समाज कल्याण समिति काठमाण्डौले शनिबार हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान संगै सम्मान कार्यक्रम गरेको छ । राखुबाट काठमाण्डौमा बसोबास गर्ने रखालेहरूको साझा संस्था राखु समाजले हिन्दु नेपालाी महिलाको पर्व तीजको शुभकामना साटासाट गरेका थिए। सोही अवसरमा राखुबाट नेपाल सरकारको उच्च पदमा पुगेका तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिििनधहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सर्वोच्च अदालका मुख्य रजिष्टार नहकुल सुबेदी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसी, रघुगंगा गाउँपालिका प्रमुखमा निर्वाचित भव बहादुर भण्डारी, रघुगंगा गाउँपालिका–२ भगवतीका वडा अध्यक्ष मि कटुवाल, वडा नम्बर ३ का वडा अध्यक्ष जीवन कुमार मल्ल, हेलीकप्टर क्याप्टेन अरुण मल्ल, पृथ्वी लोक अवार्ड विजेता भगवतीकी शोभा कार्की खड्कालाई सम्मान गरिएको निरोज कार्कीले बेनीअनलाइनलाई बताए । सम्मानित हुने ब्यििक्तलाई कदरपत्रले सम्मान गरिएको थियो ।

समितिका संरक्षक इन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजका सल्लाहकार भविन्द्र मल्ल लगाएत विभिन्न संघसंस्थामा आवद्ध राखुबासीको उपस्थिती रहेको थियो । कार्यक्रममा आफ्नो क्षेत्रका विकासमा जनप्रतिनिधिहरुका साथै विभिन्न योजनाहरूमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाइएको थियो । समाजका अध्यक्ष प्रेम मल्लको अध्यक्षता र महासचिव राजेन्द्र मल्ललको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम लगत्तै अतिथिहरु समेत तीज गितमा नाचेका थिए ।