बेनीका एक जेष्ठ नागरीकले आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पिडितलाई सहयोग गरेका छन् । बेनी नगरपालीका ७ ईन्दे्रणीटोलका ७५ वर्षिया नैनकुमार श्रेष्ठले पहिरोले घर भत्कीएर विस्थापित भएकी बेनपा १० पात्लेखेतकी खम्बी गर्बुजालाई आईतबार आठ हजार रुपैया उपलब्ध गराउनुभएको हो ।

गत आर्थिक वर्षको अन्तिम चौमासीकमा आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पिडित गर्बुजाको घर पुननिर्माणका लागि सघाउ पुगोस भनेर उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ मार्फत गर्बुजालाई रकम हस्तान्तरण गरिएको थियो । नगर उपप्रमुख सञ्जु बरुवाल, बेनपा १० का वडा अध्यक्ष रिम रोका, ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नगर कार्यपालीका सदस्य योगेन्द्रमान शेरचन र कार्यकारी अधिकृतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो ।

यसैविच श्रेष्ठले परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यता समेत लिनुभएको छ । उहाँले आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सक्रिय रहेको कोषको अभियानमा निरन्तर सहयोगको प्रतिबद्धता समेत जनाएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । ५ हजार ५५५ रुपैयाँले आजिवन सदस्यता लिनुभएका श्रेष्ठले विगतमा समेत धेरै सामाजिक कार्यमा सहयोग गनुभएको छ ।