बेनी अस्पतालमा बालरोग उपचार कक्ष

0

बेनी अस्पतालमा बाल उपचार कक्षको स्थापना गरिएको छ । पछिल्लो समय जिल्लामै जटिल अप्रेसन सहितको आधुनिक सेवा विस्तार गरिरहेको अस्पतालले पाँचबर्ष मुनीका बालबालिकालाई उपचारमा सहज बनाउने गरी बाल उपचार कक्षको स्थापना गरेको बेनी अस्पतालले जनाएको छ ।

उपचार कक्षमा बालबालिकालाई आर्कषित गर्ने भित्रे लेखन, आर्कषक चित्रहरू, खेलौना लगाएतका साम्रागीहरू समेत राखिएको छ । बेनी अस्पतालका डा.धिरेन मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने बालबालिकाका अभिभावकले कक्षमा पुगेर उपचार गर्ने ब्यवस्था मिलाइएको छ । ‘कक्षबाट उपचार भएपछि थप सहयोग चिकित्सकबाट गर्ने ब्यवस्था मिलाइएको छ ।

सेवाले बालबालिकाको उपचारमा निकै प्रभावकारी हुने देखिएको छ’ डा.मल्लले भने ।उनले म्याग्दी तथा आपासका क्षेत्रबाट दैनिकजसो बालबालिकाको समस्या लिएर आउने गरिएको अवस्थामा कक्षमा रहेका स्वास्थ्यकर्मीले समस्याको आधारमा परामर्श, चेकजाँच र औषधी उपलब्ध गराउने र थप सहयोग अस्पतालमा कार्यरत चिकित्सकहरुबाट गरिने छ ।

कक्षमा बालबालिकाको पोषणा, आमाको स्वास्थ्यले बालबालिकालाई गर्ने असर,रोग पहिचान, रुवाखोकी,बृद्धीविकास लगाएत बालबालिकाका सम्रग समस्याहरूलाई पहिचान गरी उपचार गरिने छ । ‘ग्रामिण क्षेत्रका नवजात शिशुमा छाला सम्बन्धि रोग धेरै देखिन्छ, सामान्य औषधी लिएर घरमै बस्ने गरेको समेत पाइयो’ अस्पतालका प्रमुख डा.रोशन न्यौपानेले भने । उनले बाल कक्षका बारेमा स्वास्थ्य कार्यालय मार्फत नगरपालिका सहित जिल्लाका सबै गाउँपालिकाका स्वास्थ्य चौकीमा समेत जानकारी गराइएकाले विरामीको उपचारमा सहज हुने बताए ।

यसैविच बालकक्षको ब्यवस्थापनमा एक महिना फ्रान्सकी जेनी र डेनमार्ककी क्रिसियानी नामक बालरोगको क्षेत्रमा काम गर्ने दुईजन महिलाले समेत आफ्नो अनुभवलाई अस्पतलामा प्रयोग गरेका थिए । दुवैजनाले बालबालिकालाई आर्कषित बनाउने उपचारका विधिहरुका साथै समस्यालाई पहिचान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत सघाएका थिए । जनचेतनाको अभाव, अशिक्षा, परम्परागत मान्यताका कारण ग्रामिण क्षेत्रमा अझैपनि नवजात शिशुको पोषणमा कमी देखिएको छ । यसैविच अस्पतालमा हड्डीको अप्रेसनमा प्रयोग हुने सिएम मेसिन जडान गरिएको छ ।

अस्पतालमा विभिन्न किसिमका दुर्घटनामा लागेको चोटको शल्यक्रियामा सघाउने सिएम मेसिनको प्रयोग सुरु गरिएको बेनी अस्पतला ब्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार दुर्घटनामा भाचिएको हात, खुट्टा सहित शरीरका विभिन्न भागमा लागेको चोटको मेसिनको प्रयोग गरी पुरानै अवस्थामा ल्याउन शल्यक्रिया सहित अन्य उपचारका विधिहरू प्रयोग गरिन्छ । सिएम मेसिनको सहायताले शल्यक्रिया गर्ने क्रममा एक्सरे गर्नु नपर्ने, हड्डीमा तार हाल्ने लगाएतका जटिल अप्रेसनहरूलाई समेत सहज बनाउने चिकित्सकको भनाई छ ।

हार्डजोर्नी विशेषज्ञ समेत रहेका अस्पताल प्रमुख डा. न्यौपानेलेले अप्रेसन सम्बन्धि सेवा दिदै आइरहेका छन् । हड्डी सम्बन्धि समस्या लिएर पोखरा जाने विरामीले न्यूनतम ७ हजार देखी जटिल समस्या भएकाले ५० हजारभन्दा धेरै खर्च गर्ने गरेका छन् ।सवारी तथा अन्य दुर्घटनमा परेका विरामीले सामान्य उपचार गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएपछि शल्यक्रिया सेवालाई प्रभावकारी बनाउने चिकित्सकको भनाई छ ।