बेनी नगरपालिकाले प्रस्ताव गरेको रामायण पार्क विवादमा तानिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न चालु आर्थिक वर्ष ०७४÷०७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेट र स्थानका बारेमा नगरक्षेत्रकै वडाहरूको फरक–फरक धारणा सार्वजनिक भइरहेको छ ।

बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६,७ र ८ भित्र पर्ने बराहपाखो र आपारुख सामुदायिक बन अन्र्तरगत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थानलाई प्रस्ताव गरिएपछि त्यसको विरोधमा वडा–५ पुलाचौरका करिव ४ सय स्थानीयले हस्ताक्षर गरी बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई रावणको जन्मभूमिलाई ओझेलमा पार्ने गरी पार्क नबनाउन माग गरेका छन् ।

नगरपालिकाले स्वीकृति गरेको बजेटमा पर्यटन तर्फ बेनीबजारको हुलाकचोक हुदै आंंपारुखसम्म रामायण पार्क पदमार्ग सहित मुर्ती निर्माण र वातावरण तथा विपद् ब्यवस्थापन तर्फ विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्न १० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले स्वीकृति गरेको बजेटमा पर्यटन तर्फ बेनीबजारको हुलाकचोक हुदै आंंपारुखसम्म रामायण पार्क पदमार्ग सहित मुर्ती निर्माण र वातावरण तथा विपद् ब्यवस्थापन तर्फ विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्न १० लाख विनियोजन गरिएको छ ।‘पार्कको विरोध गरिएको छैन, नामाकरणले वास्तविकता नै ओझmेलमा पार्ने प्रयास भएको छ’ पौलस्त्य पुलाआश्रम क्षेत्र विकास कोषका अध्यक्ष लीला बहादुर बानियाँले भने ।

उनले स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले रामायण र रावण पार्कका लागि ५० लाख बिनियोजन गरेर एतिहाँसिक महत्वको पुलाआश्रमलाई ओझेलमा पार्ने प्रयास गरेकाले पुलाचौरका जनताले नगरप्रमुखको ध्यानर्कषण गराएको बताए ।

पहिलो बजेटमै पुलाचौर र पुलाआश्रम क्षेत्रलाई वेवास्था गरिएको र जनप्रतिनिधिले समेत चासो नदेखाएपछि पुलाचौरबासीले प्रष्ट छलफलको माग गदैं तत्काल काम अगाडी नबढाउन जनप्रतिनिधिलाई भेटेरै सचेत बनाएका थिए । सामाजिक सञ्जालमा समेत प्रवासमा रहेका म्याग्देलीले पुलाआश्रमलाई उपेक्षा गरिएको भन्दै चर्को विरोध गरेका छन् ।पुलाचौरबासी विरोधमा उत्रिएपछि नाकाकारण लगाएतका विषयमा छलफल गरिने आश्वासन पाएको जगन्नाथ मन्दिर ब्यवस्थापन समितिका याम बानियाँले बताए ।

‘हजारौबर्ष अगाडी लेखिएका पु्स्तक बोल्छ । इतिहास मेट्ने प्रयास गरियो’ बानियाँले भने ।उनले रावण र रामायण भन्दा पनि अरू नाम जोडेर पार्क बनाए आवश्यक जनश्रमदान समेत गर्न तयार रहेको बताए । बेनीबजारको शीरमा अवस्थित पुलाअश्रम लंकाको राजा रावणको जन्मस्थान मानिन्छ । पौलस्त्य आश्रम क्षेत्रको वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा समेत उल्लेख छ ।

आश्रम आसपासका क्षेत्रमा सर्यौबर्ष पुराना तपस्यास्थल, रावणाको नावी गाडिएको र पौलस्य ऋषिको तपस्यास्थल लगाएतका स्थानहरू अझै देख्न सकिन्छ । यता बेनी नगरपालिकाले पौलस्य ऋषीको तपोभूमि समेत रहेको पुलाआश्रमको प्रवेशद्धारका रुपमा पार्कलाई विकास गर्ने योजना रहेको जनाएको छ ।

बेनीबजारलाई प्रवेशद्धार बनाएर अर्थुङे हुदै पुलाआश्रम, पुलाचौरको जगन्नाथ, छिमेकी मंगला गाउँपालिकाको कुहुँ टोड्केमा अवस्थित स्वर्गाद्धारीको शाखा आश्रम, प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर लगाएतका क्षेत्रलाई समेटेर पदमार्ग र ठाउँ–ठाउँमा मुर्ती सहितको पार्क बनाउने गरी प्रारम्भीक बजेट प्रस्तुत गरेको जनाएको छ । ‘नगरक्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने योजना छ’ नगरप्रमुख हरिकुमार श्रेष्ठले भने । उनले पुलाचौरबासीको मागलाई समेत समाधान गरिने गरी पार्कको काम अगाडी बढ्ने बताए ।

नगरकार्यपालिका र स्थानीयबासीसंग छलफल गरी पूर्वाधार निर्माण गरिने बताए । विश्वका हिन्दुधर्मालम्बीहरुको पाँच ठुला धार्मिकस्थल मध्ये पुलाआश्रम समेत पर्ने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । आधा दशक अगाडी उद्योगी प्रमोद श्रेष्ठको अध्यक्षतामा रहेको एक समितिले रावणको जन्मभूमि समेत भनेर चिनने र्पौलस्य पुलहआश्रम आसपासका क्षेत्रमा रावण पार्क बनाउने योजना अगाडी सारिएको थियो ।

आन्तरिक तथा भारत र श्रीलकाका हिन्दु धर्मालम्बीहरुलाई आर्कषित गर्न पार्कको अवधारणा ल्याइएपनि विभिन्न कारणले योजना अलपत्र परेको थियोे ।यसैविच बेनी भ्रमण बर्षको तयारी भइरहेको अवस्थामा नगरपालिका क्षेत्र आसपासलाई सुन्दर गन्तब्य बनाउने र जिल्लाभरका पर्यटकीयस्थलाई समेत जोड्ने गरी रामायण पार्क को अवधारणालाई तत्काल सुरू गर्न समेत पर्यटनका क्षेत्रमा सक्रिय जानकारहरू बताउँछन् ।