छोरीलाई निर्घाट कुटपिट गर्ने बोहोरा प्रहरी नियन्त्रणमा

0
194

बेनी नगरपालिका–२ ज्यामरुककोटमा एक पिताले आफ्नै छोरीलाई निर्घात कुटपिट गरेका छन् । जंगे बोहोराले आफ्नी अन्दाजी १२ बर्षकी मायाँ बोहोरालाई गम्भीर घाईते हुने गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा नबस्ने, नियमित विद्यालय नजाने भन्दै बोहोराले कुटपिट गर्दा बालिकाको दाहिने हात भाँचिएको छ भने शरीरको विभिन्न भागका चोट लागेको छ ।मगलबार भएको घटना प्रहरीले बुधबार मात्रै जानकारी पाएको थियो ।बालिकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । ‘शरीरमा चोट छ, हात भाचिएको छ’ डा. धिरेन मल्लले बेनीअनलाइनलाई भने ।

उनका अनुसार बालिकाको शरीरका विभिन्न भागका चोट देखिएपछि थप चेकजाँच भइरहेको छ । शरीर भित्र समेत चोटले असर गरेको हुनसक्ने चिकित्सको भनाई छ । बालिकाको बिहिबार पलाष्टर गरिने छ । यसैविच छोरी कुटपिटमा संलग्न जंगे बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्नेचौर प्रहरी चौकीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएर जिल्mला प्रहरी कार्यालयमा बुझाएका छन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।