म्याग्दीका चार यूवा तराई मधेसका जिल्लामा राहत तथा उद्धारमा कार्यमा खटिएका छन् । बाढीले अस्तब्यस्त भएको खवर सुनेलगत्तै म्याग्दीबाट प्रकाश पौडेलको नेतृत्वमा सुजन हमाल, बिशाल कार्की र विजय घर्तीमगर सर्लाही जिल्लाका दुर्गम क्षेत्रमा बाढीले विस्थापित भएको राहत तथा उद्धारमा जुटेका छन् ।

बाढीले विस्थापित भएका मलङ्गा नगरपालिका–५ घोडादौलीका विस्थापितको उद्धारमा दुईदिन देखी सक्रिय रहेको पौडेलले बताए । ‘बाढीले जोखिममा परेको खवर सुनेपछि हामी यहाँ आइपुगेका छौ । निकै दर्दनाक अवस्था देखियो’ अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका पौडेलले बेनीअनलाइनलाई भने ।

बाढी प्रभावित क्षेत्रबाट बालबालिक देखी बृद्धबृद्धालाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने र राहत साम्रागीको समेत ब्यवस्थापनमा सक्रिय रहेको उनले बताए । बाढीले छियाछिया भएको तराई मधेशका जनतालाई पहाडबाट उद्धारमा सक्रियता देखाउनुपर्ने अवस्था रहेको समेत उनले बताए । ‘तराईलाई बाढीले दुख दिएको छ, हामीले भूकम्पमा दुख पायौं’ उनले भने ।

पौडेलले दुईदिन उद्धारमा खटिएको बताउँदै अस्टेलियाबाट नेपालीले समेत राहत पठाएको र थप राहत समेत संकलन गरेकाले भोली देखी राहत साम्रागी वितरण कार्य सुरु हुने बताए । सल्लाहीमा उद्धारको क्रममा यूवाहरुले घरभित्र फसेका र बाढीले जलमग्न क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए । विप्तमा तत्कालै पुग्ने पौडेलले ज्यानको समेत जोखिम मोलेर उद्धारमा खट्ने गर्दछन् । यसैविच म्याग्दीको सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा समेत राहत साम्रागी संकलन भइरहेको छ ।