महिलाको अस्मिता लुट्ने तान्त्रिक जेलचलना

0
209

तन्त्रमन्त्र र फुकफाकको बाहनामा महिलाको अस्मिता लुट्ने धामीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ । बषौंदेखी तन्त्रमन्त्रको नाममा महिलाको शाररीक शोषण गर्ने छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–६ का कालु भन्ने कर्ण बहादुर किसानलााई न्यायाधीश रामप्रसाद शर्माको इजलासले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको छ ।

दशक अगाडी देखी धामीझाक्रीको रूपमा काम गरिरहेका किसानले उपचारको नाममा बन्द कोठमा लगेर विभिन्न हतियार, भगवानको तस्वीरमा हात राखेर कसम खुवाई महिलालाई यौजनन्य गतिविधिमा संलग्न हुन बाध्य बनाउने गरेका थिए । आफ्नै घर र ग्रामिण क्षेत्रमा पुगेर झारफुक गरी निरन्तर महिलालाई आफ्नो सम्पर्कमा आउने वातावरण बनाउने र रोगको पहिचान भएको भन्दै धातुले यौनाङ्गमा छोएर महिलालाई सार्वजिनक गरे परिवारलाई तन्त्रमन्त्रले ध्वस्त बनाउने चेतावनी समेत दिने गरेको पीडितको भनाई छ ।

दैनिकजसो उपचारको बाहनामा विवाहित र अविवाहित महिलाको अस्मिता लुट्ने गरेका किसानका बारेमा म्याग्दीका दुई पीडित महिलाले प्रहरी प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का मार्फत घटना सार्वजनिक गरेपछि बागलुङ प्रहरीको सहयोगमा गत साउन महिनामा म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको थियो ।लामो अनुसन्धानमा ५८ बर्षिय किसानले अनगिन्ती महिलाको अस्मिता लुटेको स्वीकार गरेपछि प्रहरीले जवरजस्ती करणी अन्र्तरगत मुद्धा चलाएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए ।

‘अन्धविश्वसाका कारण यस्ता मान्छेले अस्मिता लुट्ने गरेका छन् । दुईजना सहासी महिलाले धेरैको अस्मिता लुट्नबाट जोगाए’ रोकाले भने । उनले समाजमा तन्त्रमन्त्रको नाममा अझैपनि यस्ता गतिविधि भइरहेको हुनसक्ने भन्दै सचेत रहन अनुरोध गरेका छन्।

पीडित महिलाका अनुसार किसानले फुकफाकसंगै घरेलु् औषधीको नाममा प्रलोभनमा पार्ने,े आफ्नो समस्याका बारेमा जानकारी गराएलगत्तै त्यस अनुसार प्रस्तुत हुने र यौनजन्य गतिविधिका लागि छुट्टै कोठामा लगेर विभिन्न कसम खुवाउने जस्ता गतिविधि गर्ने गरेका थिए । यौन शोषण गदैं आएका किसानबाट पीडित धेरैले आफ्नो समाजमा प्रतिष्ठा गुम्ने त्रासका कारण घटना लुकाउने गरेका थिए ।

म्याग्दी, बागलुङ र पर्वतका महिलाहरू तन्त्रमन्त्रको नाममा धामीको फन्दामा परेपनि उनले प्रहरीलाई आफुँले संख्या समेत भन्न नसक्ने बताएका थिए । आरोपी किसानले पिनास भएको,टाउको दुखेको, ज्वरो आएको, गानो गोला गएको, बाथको समस्या, सातो गएको, बेहोस भएको ‘देवी–प्रेत–मसान लागेको’ लगाएत यौनजन्य समस्या लिएर गएका महिलालाई मनोबैज्ञानिक त्रास देखाउने गरेको प्रहरीले जनाएको छ ।