थुनिएको केहीघण्टामै मराङ खोला खुल्यो

0

शनिबार विहान थुनिएको धौलागिरि गाउँपालिका–६ मराङखोला केहीघण्टा पछि खुलेको छ । अविरल बर्षा र लगातार खसेको पहिरोले खोला थुनिएको पश्चिम म्याग्दीका तटिय क्षेत्रका बासिन्दा त्रसित भएका थिए । इकाला प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक शेखर खड्काले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार खतरा टरेको छ ।

‘खोला आफुै खुलेको छ, अहिले खतरामुक्त छ । पहिरोस्थलमै पुग्न लागेको छु‘ खड्काले भने । बिहान पहिरोले खोला थुनिएकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क हुन अपिल गरिएको थियो । पहिरोले मल्कलाङ जाने पदैलमार्ग समेत अवरुद्ध गरेपछि गाउँपालिका प्रमुख थमसरा पुनको नेतृत्वमा समेत टोली पहिरोस्थलमा पुगेको छ।

मराङका वडा अध्यक्ष राजाराम सुबेदीले लगाएतले पहिरोले थप क्षती हुनसक्ने सम्भावना रहेका घरधुरीलाई सुरक्षित तथा पहिरोस्थलको अवलोकन गराएका छन् । केहीदिन अगाडी खोला थुनिदाँ जिल्लाकै दोस्रो ब्यापारिक केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको थियो । पहिरोले खोला थुनिएपछि पश्चिम म्याग्दीको देविस्थानको म्याग्दी खोला आसपासका बस्ती, दरवाङ बजार, म्याग्दी खोलाका तटिय क्षेत्रमा रहेका बस्तीलाई प्रहरी चौकी मार्फत खवर गरिएको छ । पहिरो रोकिएको छैन् ।