विश्वका ८ अग्ला हिमाल, जुन दुईवटा म्याग्दीमा छन् 

0
447

हिमालको देश भनेर चिनिने नेपालमा दर्जनौ हिमाल छन् । विश्वकै अग्लो सगरमाथाले नेपाललाई विश्वसामु चिनाएको मात्रै छैन्,देशको आम्दानीको स्रोत समेत बनेको छ । विश्वका ८ हजार मिटर भन्दा अग्ला १० वटा हिमश्रंखला मध्ये नेपालमा ८ वटा पर्छन् । सर्वोच्च शिखर सगरमाथा, धौलागिरी, अन्नपूर्ण,मकालु, कञ्चनजंघा, लोत्से, चोयू, , मनास्लु रहेका छन् ।
विश्वका ८ वटा हिमालमध्ये म्याग्दी जिल्लामा दुईवटा रहेका छन् ।विभिन्न सञ्चारमाध्यमले पाँचौ अग्लो धौलागिरिलाई मनाङ र मुस्ताङ र अन्नपुर्णलाई मुस्ताङ र कास्कीमा पर्ने भन्दै प्रचारप्रसार गरेको समेत पाइएको छ ।

शनिबार अनलाइन खवरमा प्रकाशित समाचार अनुसार धौलागिरि हिमाललाई मनाङ र मुस्ताङ पर्छ भनेर लेखिएको छ । त्यस्तै कास्कीले समेत अन्नपूर्णलाई आफ्नो दावी गरेपनि दुवै हिमाल म्याग्दीको सिमाना भित्र पर्छन् । छिमेकी जिल्लाले आफ्नो भन्दै दावी गरेको अवस्थामा म्याग्दीका सरोकारवाला निकायले उचित प्रचारप्रसार गर्न सकेका छैनन् ।

धौलागिरी हिमाल
म्याग्दीको धौलागिरि गाउँपालिका अन्र्तरगत मुदीमा पर्ने विश्वको सातौं अग्लो हिमाल हो धौलागिरी । यो विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्ग क्षेत्रभित्र पर्छ । ८ हजार १ सय ६७ मिटर उचाई भएको धौलागिरी हिमाल सर्वप्रथम स्वीस नागरिक के डिमब्रेगर र ए सेलब्रटले आरोहण गरेका थिए ।

हिमालको आरोहण गर्ने बर्षेनी विदेशीहरु म्याग्दीको सदरमुकाम बेनी हुदै पश्चिम म्याग्दीको दरवाङ, ताकम, विम हुदै धौलागिरि अधार क्षेत्रमा जाने गरेका छन् । धौलागिरि हिमालमा विदेशी संगै स्वदेशीले समेत आधार क्षेत्रसम्म पु्गेर फर्कने गरेका छन् । पछिल्लो समय धमाधम पुर्वाधार विस्तार भइरहेको छ । हिमालको नामबाट गाउँपालिकाको नामाकारण गरिएको छ भने धेरै योजनाहरु समेत तयार गरिएको छ ।

अन्नपूर्ण हिमाल
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्र्तरगत नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल विदेशी पर्यटकको आर्कषक मानिन्छ । बर्षेनी म्याग्दीका साथै कास्की र मुस्ताङबाट पैदल तथा हेलीमार्फत हिमाल आरोहणमा जाने गर्दछन् । अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो । यो पदयात्राका लागि विश्वभर प्रख्यात छ । समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो यो हिमाल पहिलोपटक सन् १९६० जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका थिए ।

OLYMPUS DIGITAL CAMERA

जिल्लाको करिव ७० प्रतिशतको हाराहारीमा विदेशी पर्यटकको हिस्सा ओगटेको अन्नपूर्ण गाउँपालिकाले हिमालको संरक्षण तथा थप प्रचारप्रसारको योजना समेत बनाएको छ । अन्नपूर्ण हिमाल नजिक रहेको हिमताल समेत आर्कषक मानिन्छ । रोमाञ्जक पदयात्राको रुपमा चिनिएको अन्नपूर्णलाई छिमेकी जिल्लाले दावी गरेपनि म्याग्दीको भूभागमा पर्ने प्रसस्त आधारहरु छन् ।

सगरमाथा: विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ । तर, चीनतर्फबाट भन्दा नेपालतर्फको मोहडाबाट आरोहण प्रख्यात रहेको छ ।

कञ्चनजंघा: विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा बि्रटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए ।

लोत्से: विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल महालंगुर हिमश्रृंखलामा पर्दछ ।

मकालु: विश्वको पाचौं अग्लो हिमाल हो मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ । संखुवासभामा रहेको यो हिमाल पदयात्राका हिसाबले जति प्रख्यात हुनुपर्ने हो त्यति हुन सकेको छैन । पुर्वाधारको हिसावले पनि यो हिमाल निकै पछाडी रहेको छ । पहिलोपटक प|mेन्चका जे कोजी र एल टेरीले यो हिमाल आरोहण गरेका थिए ।

चोयु: विश्वको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल ८ हजार २ सय १ मिटरको छ । सन् १९५४ अक्टोबर १९ मा अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले सो हिमाल आरोहण गरेका थिए ।

मनास्लु: मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए ।

अनलाइनखवरको सहयोगमा