बेनी नगरपालिका–२ फापरखेत ज्यामरुककोटमा शनिबार दरखाने तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय भगवती आमा समुहले आयोजना गरेको कार्यक्रममा हिन्दु नेपाली महिलाको पर्व तीजको अवसरमा शुभकामना आदान प्रदानका साथै आमा समुह मार्फत गरिएका सामाजिक कार्यमा सहभागिता जनाएका गाउँलेलाई धन्यवाद सहित दरखाने कार्यक्रममा स्थानीय रामकृष्ण घिमिरे, याम बहादुर कार्की, भिम बहादुर पौडेल र सिता घिमिरेले मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्थानीयस्तरमा विभिन्न सामाजिक कार्यको नेतृत्व गरेको भन्दै आमा समुहको प्रशंसा गरिएको थियो । सोही अवसरमा राधाकृष्ण यूवा क्लव गौश्वाराले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी जित्न सफल प्रतिभा यूवा क्लवलाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय जेष्ठ नागरिक, समाजसेवी लगाएतलाई सम्मान गरिएको थियो । करिव १ सय ५० जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिका देखी बृद्धबृद्धासम्म तीज गितमा छमछमी नाचेका थिए । कार्यक्रमको अध्यक्षता आमा समुहकी अध्यक्ष चन्द्रकली सुबेदी, स्वागत गीता शर्मा र सञ्चालन रमिला घिमिरेले गर्नुभएको थियो । आमा समुहले गाउँमा हुने मेलापर्व, ब्यक्तिगत पुजा, विवाह लगाएत सामाजिक कार्यमा सक्रियताका साथै नेतृत्व समेत गर्ने गरेको छ ।