रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट

0
228

रघुगंगा गाउँपालिकाको स्थायी केन्द्रको विवाद टुंगो लागेको छ । सोमबार रघुगंगा–३ घुमाउने तालमा भएको दोस्रो गाउँसभाको बैठकले बहुमतले गाउँपालिकाको–३ पिप्लेको मौवाफाँटलाई केन्द्र कायमगर्ने निर्णय गरेको गरिएको हो ।

स्थानीय तहको निर्वाचन सकिएको लामो समयसम्म पनि केन्द्रको विवाद टुंगो लगाउन नसक्दा विकास सहित अति आवश्यक योजनाहरू कार्यान्वयनमा समेत समस्या भइरहेको अवस्थामा पहिलो गाउँ सभामा विवाद भएपछि दोस्रो सभाले केन्द्रको विवाद टुंगाएको गाउँपालिकाका प्रमुख प्रमुख भब बहादुर भण्डारीले बताए ।

‘गाउँपालिकाको केन्द्र टुंगो लगाइएको छ ।सबै वडाका जनातालाई सहज सेवा उपलब्ध गराउने गरी थप योजना बनाउने छु’ भण्डारीले बेनीअनलाइनलाई भने । पिप्लेको घुमाउने तालमा बसेको बैठकमा मौवाफाँट केन्द्रका लागि बेगखोला, भगवती, पिप्ले, दग्नाम, चिमखोलाका जनप्रतिनिधिले पक्षमा मतदान गरेका थिए भने झिँ, पाखापानीले नोट अफ डिसेन्ट लेखेका छन्।

त्यस्तै कुईनेमंगलेले सर्मथन गरेपनि मौवाफाँट केन्द्रके पक्षमा मतदान गरेन् । कुईनेमंगलेले सेवा केन्द्र सहित माथिल्लो क्षेत्रमा जनतालाई सहज प्रशासनिक कार्यका लागि कार्यालय स्थापनाको माग समेत गरेको छ । बैठकमा वडा नम्बर–१ बेगखोला, वडा–२ भगवती, वडा नम्बर–४ दग्नाम, वडा–५ झिँ, वडा नम्बर–६ पाखापानी, वडा नम्बर–७ चिमखोला र वडा नम्बर–८ कुईनेमंगलेका वडा अध्यक्ष, सदस्य, गाउँ कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको केन्द्रमा सर्वसम्मति प्रयास गरिएपनि सहमति हुन नसकेपछि गरिएको मतदानमा मौवाफाँटको पक्षमा २६ मत प्राप्त भएको थियो भने झिँ, पाखापानी र कुईनेमंगलेले असहमति जनाएका थिए । गाउँसभाका बहुमत सदस्यहरूको हस्ताक्षरबाट केन्द्रको टुंगो लागेपछि कार्यान्वयनका लागि राजपत्रमाप्रकाशितगर्ने गााउँपालिकका प्रवक्ता एवम् वडा ३ का पिप्लेका वडा अध्यक्ष जीवन बहादुर मल्लले बेनीअनलाइनलाई बताए ।

गतबर्षको कात्तिक १९ गते स्थानीयतहपुनः संरचनाप्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमानानिर्धारण सम्बन्धि गोष्ठीमा अस्थायी केन्द्र पाखापानीलाई तोकिएको थियो ।

निर्वाचन प्रयोजनका लागि अस्थायी केन्द्र तोकिएपनि बहुमतले तोक्ने केन्द्र आधिकारिक हुने बताएपनि पक्ष र विपक्षमा चर्को आन्दोलन भएको थियो । यसैविच गाउँपालिका प्रमुखले केन्द्रबाट असन्तुष्टि नहुन अनुरोध गरेका छन् । उनले झिँ र पाखापानीका जनतालाई सहज सेवा उपलब्ध गराउने गरी सेवामुलक कार्यालयको माग लाई निरन्तर उठाउने र सेवा केन्द्रको स्थापना गर्ने प्रतिबद्धता समेत जनाए । फाईल तस्विर