मगर विद्यार्थी संघ माउण्ट एभरेष्ट कमिटीले मनायो तीज

0

नेपाल मगर विद्यार्थी संघ माउण्ट एभरष्ट कमिटिले मंगलबार तीज विषेश नृत्य सहित विविध कार्यक्रम गरेको छ। तीज विषेश नृत्य प्रतियोगितामा ५ समुहले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम पुजा तिलिजा मगर, द्धितिय सोनी रोका, तृतिय किनी गर्बुजा र सान्त्वना तेजिना पुन, कन्चन थापा, विपिना पुन, रस्मिता विश्वकर्मा, सुदिना कार्की भएका थिए । प्रतियोगितामा विजय प्रतियोगितलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मगर विद्यार्थी संघ जिल्ला समिति म्याग्दीका अध्यक्ष श्याम थापा मगर, नेपाल मगर विद्यार्थी संघ भुपु केन्द्रिय प्रचारप्रसार सचिव तथा ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष धम थापा मगर, मगर विद्यार्थी माउण्ट एभरेष्टका संस्थापक अध्यक्ष देविन्द्र फगामी मगर, विद्यालयका प्रचार्य राजु केसी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा समाजिक कार्यमा अग्रसर रहेको विद्यार्थी संघले अन्नपूर्ण गाउँपालिका वडा नं। ५ शिखका डिलिसा गर्बुजाको उपचारार्थ सहयोग नेपाल मगर विद्याजई संघ इकाई कमिटिका संस्थापक अध्यक्ष देविन्द्र फगामीले ५ हजार १०५ ओम कुमारी शान्तिकोषका कोषध्यक्ष खम थापा मगर लाई हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा जिल्लाकै परोपकारी संस्था शान्ति कोषको विद्यार्थी संघले आजिवन सदस्यता लिने घोषणा समेत गरिएको थियो । कार्यक्रममा माउण्ट एभरेष्टका शिक्षक कर्ण खत्रीले आफ्नो स्व। बुबा दिल बहादुरको स्मृतिमा रु ५,५५५ अक्षरुपी पाँच हजार पाँच सय पाँच रुपैयाँ मगर संघ माउण्ट एभरेष्ट इकाईका अध्यक्ष अनु राम्जालाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन दुधप्रसाद पुर्जाले गरेका थिए ।