तराईका वाढीपीडितहरुको सहयोगका लागि मोना युएईको पहलमा एकलाख पचासहजार रुपियाँ संकलन भएको छ । रोजगारीका शिलशिलामा युएइ पुगेका म्याग्देली र अन्य नेपालीहरुको सहयोगमा सो रकम संकलन भएको हो ।मंगलवार मोना युएईका अर्जुन केसीले सहयोग रकम परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरेका थिए ।

ओमकुमारी शान्तिकोषले हालै मात्र आएको वाढीका कारण घरवार विहिन भएका बाँके बैजापुरका वाढीपीडितहरुलाई सो रकम वरावरको जिन्सी सामाग्री खरिद गरि सहयोग गर्ने कोषले जनाएको छ । मोना यूएईका अध्यक्ष प्रकाश कार्कीले तराईमा डुवानले विस्थापित भएका नेपालीको राहत तथा पुर्नस्थापनामा संस्था मार्फत गरिएको आर्थिक संकलन अभियानमा सहयोग गर्नेलाई धन्यवाद दिएका थिए ।

टेलिफोनमार्फत बेनीअनलाइनलाई दिएको जानकारी अनुसार यूएईमा छोटो समयमा उक्त राहत संकलन गरिएको थियो । कोषले सहयोग संकलन गरिरहेको जनाउँदै केही दिनमा पीडितको घरमै पुगेर राहत हस्तान्तरण गर्ने कोषका अध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार संस्थाका कोषाध्यक्ष खम थापाको नेतृत्वमा राहत साम्रागी पीडितलाई हस्तान्तरण गरिने छ ।  करिव ४ लाख वरावरको जिन्सी सामाग्री सहयोग गरिने उहाँले बताउनुभयो । वाढीका कारण घरवार विहिन भएका पीडितहरुलाई सहयोग गर्न कोषले सवैमा अनुरोध गरेको छ ।