बेनी नगरपालिका–१ रत्नेचौरमा प्रथम सेभेन ए साईड कप फुटवल प्रतियोगिता सुरु भएको छ । रेत्नेचौर फुटबल क्लवले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेक बहादुर रावलले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्न बक्ताले प्रयाप्त खेलकुद मैदान भएपनि रत्नेचौर ओझेलमा परेको बताउँदै नियमित खेलकुद गतिविधि संचालन गर्न अनुरोध गरेका थिए ।

प्रमुख अतिथि रावलले खेलकुद मैदानलाई पूर्वाधार थप्नुका साथै थप योजनाहरूमा समेत प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले जिल्लास्तरका ठुला प्रतियोगितालाई समेत रत्नचौरमा ल्याउन पहल गर्ने बताए । प्रतियोगितामा धौलागिरि अञ्चलका ३३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको अध्यक्षता बुढोचौर खेलकुद मैदान निर्माण समितिका अध्यक्ष गणेश बोगटी, स्वागत मनु रावल र सञ्चालन दान बहादुर महतले गरेका थिए । भरत खत्री 


.