पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटकी मुटुसम्बन्धी रोगबाट ग्रसित १२ वर्षीया सम्झना दर्जीको उपचारमा अमेरिकामा आर्थिक संकलन अभियान सुरु भएको छ । बेनीअनलाइनले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएको समाचार प्रकाशित गरेपछि अमेरिकामा रहेका निस्कोटका उत्तम पुनको पहलमा अभियान सुरु भएको हो ।

‘एउटका बालिकाको उपचारमा आर्थिक अभावको समाचार सुन्नु दुखद् हो । हामीले अभियान सुरु गरेका छौ’ पुनले बेनीअनलाइनलाई भने ।उनले सेवा नै धर्म भएको बताउँदै आर्थिक संकलन अभियानमा सहयोग गर्न अपिल समेत गरे ।

निस्कोट छिसकी दर्जीको उपचारको क्रममा मुटुमा समस्या देखिएपछि नियमित चेकजाँच, यातायात खर्च लगाएत खाना बस्न, औषधी उपचारका लागि समस्या देखिएपछि सहयोगको याचना गरिएको छ ।

आमाले दोस्रो विवाह गरेको र पिताले समेत दोस्रो विवाह गर्नुका साथै घरको आर्थिक अवस्था समेत नाजुक छ । दर्जीको चेकजाँच र यातायात खर्चका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । कोषको सहयोगमा दर्जी काठमाण्डौ गएकी छन् ।