हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् ।तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहान ३ बजेदेखि नै मन्दिरमा भक्तजनको भीड लागेको छ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित विरेन्द्रचोक, होटलका साथै ग्रामिण क्षेत्रमा व्रतालु महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् । रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको छुट्टै तामझाम छ । बजार क्षेत्रमा विगतको तुलनामा कम चहलपहल देखिएपनि ग्रामिण क्षेत्रमा भने कुनै कमी देखिएको छैन् । बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि र रघुगंगा गाउँपालिकाका गाउँगाउँमा तीजको रौनकता देखिएको छ ।