बेनी नगरपालीका–२ का अपाङ्ग ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई कोरियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएका छन् । रोजगारको सिलसिलामा कोरिया पुगेका विकास हमालको नेतृत्वमा घिमिरेलाई १ लाख ५५ हजार ६ सय संकलन गरिएको थियो ।

त्यस्तै अमेरिकामा रहेका मोहन पुनको १० हजार गरी १ लाख ६५ हजार बुद्ध यूवा क्लव मंगलाघाटले एक कार्यक्रम गरी क्लवका अध्यक्ष विजय किसान, सल्लाहकार सचिन चौधरी र सदस्य दिनेश केसीले हस्तान्तरण गरेको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेको उपचार तथा परिवारको शिक्षादिक्षामा आर्थिक समस्या भएपछि सुरु भएको अभियानको जिल्लामा बुद्ध यूवा क्लवका सदस्य दिनेश केसीले संयोजन गरेका थिए ।

खेलकुद संगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको क्लवले घिमिरेको आर्थिक अवस्था देखेर विदेशमा रहेका क्लवमा आवद्ध सदस्यहरुलाई समेत सहयोगको अपिल गरेको क्लवका अध्यक्ष विजय किसानले बेनीअनलाइनलाई बताए । हाल बेनपा–७ मंगलाघाट बस्दै आइरहेका घिमिरेले सहयोगले परिवारको खर्च र छोराहरुको शिक्षादिक्षामा सहज हुने बताए । उनले सहयोगलाई सदुपयोग गर्ने प्रतिबद्धता समेत जनाए । यसअगाडी समेत घिमीरेको जिविकोपार्जन, औषधी उपचार र सन्तानको शिक्षाका लागि यसअगाडी ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिहरुको पहलमा संकलीत तिन लाख आठ हजार ९२५ रुपैया हस्तान्तरण गरिएको थियो । उनले प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैङ्क खातामा राख्ने बताए । घिमीरेका दुई छोरा र श्रीमती छन् ।

सहयोगी दाता ज्यू हरुको नामावली यस प्रकार रहेको छ ।

नाम रकम ( कोरिएन ओनमा )
१बिकाश हमाल(चुत्रेनी) 100000
२ देबेन्द्र कुँवर (बगुवाखोला चुत्रेनी) 100000
३मिलन सापकोटा (खबरा) 20000
४ प्रिन्स बाबु (खबरा) 50000
५ सुरेश कार्की (चुत्रेनी) 40000
६ राम्जी कुवर (डाडाखेत) 20000
७ राजकुमार कटुवाल(चुत्रेनी) 30000
८ बिजय कार्की (चुत्रेनि) 40000
९ सुशीला कार्की(चुत्रेनि) 50000
१० प्रदिप शर्मा (दर्बाङ्ग) 51000
११ राम पौडेल (चुत्रेनि) 20000
१२ राम खत्री (मल्लाज) 30000
१३गोबिन्द बरुवाल(मल्लाज) 30000
१४ अमृत बानियाँ (चुत्रेनि) 50000
१५ जिबन बानियाँ (चुत्रेनि) 30000
१६ कुमार रेग्मी (लेखानी मल्लाज) 30000
१७ नारायण सुवेदी (खबरा) 25000
१८ ईस्वर पौडेल (चुत्रेनि) 50000
१९ टेक बानियाँ(मङ्गलाघाट बेनि) 50000
२० भगवान बानियाँ(चुत्रेनी) 50000
२१ सुनिल घिमिरे (खबरा) 70000
२२ रमेश बानियाँ (चुत्रेनी) 30000
२३ नारायण पौडेल (चुत्रेनी) 20000
२४ सुदिप बानियाँ (चुत्रेनी) 30000
२५ शिशिर मल्ल (राखु) 20000
२६ कृष्ण बानियाँ (कुहु) 30000
२७ टेक पुन(रुम्तिगदि २ रोल्पा ) 30000
२८गणेश जि सि क्षेत्री (खबरा) 50000
२९ पुरन बानियाँ (पुलाचौर) 20000
३० राजु जि सि (खबरा) 70000
३१ सनम शाक्य (मङ्गलाघाट) 20000
३२ गणेश घिमिरे (खबरा) 20000
३३ सन्दिप राई(समाल्बुङ २ईलाम ) 30000
३४ सन्जोग रायमाझी (खैरहनी २ पर्सा चितवन ) 20000
३५ अनुप लामा (हेटौंडा ) 20000
३६ तेजिन्द्र पुर्जा (मङ्गलाघाट) 55000
३७ झमाया पुन (दगनाम ३ म्याग्दी ) 30000
३८ बिकाश के सि(बे न पा ५ पुलाचौर) 20000
३९ खुशी तिलिजा (बादुक म्याग्दी ) 20000
४० दिनेश कुँवर ( वालिङ १स्याङ्जा ) 20000
४१ बिष्णु घिमिरे (खबरा) 50000
४२ दिनेश के सि (ज्यामरुकोट) 20000
४३ राजु थापा (खबरा) 50000
४४ देबेन्द्र छन्त्याल (मङ्गलाघाट) 25000
४५ शंकर घिमिरे ( खबरा ) 30000
गरि जम्मा रकम कोरिएन मा : 16,66,000
नेपाली रुपैया : १,५५,६००