म्याग्दीमा विजुली बालेर महशुल नतिर्ने ग्राहकको लाइन काटिने

0
261

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण शाखाले विजुली बालेर महशुल नतिर्ने ग्राहकको लाइन काट्ने चेतावनी दिएको छ । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले विद्युतको महसुस नतिर्ने सरकारी तथा ब्यक्तिको लाइन काट्न निर्देशन दिएपछि म्याग्दी वितरण शाखाले समेत सुचनामार्फत बेनीबजार तथा ग्रामिण क्षेत्रका ग्राहकहरुलाई सचेत बनाएको छ । ग्राहकलाई १५ दिने अल्टिमेटम दिइएको म्याग्दी वितरण शाखाले जनाएको छ ।

उक्त अवधिभित्र रकम नतिरे लाइन काटिने छ। जिल्लाभित्र रहेका ग्राहकहरु मध्ये महसुल नतिर्नेको सुची समेत तयार गरिएको कार्यालय प्रमुख सिताराम शाहले बताए । ‘हामीले सुचना दिएका छौ, अटेर गरे लाइन काटिन्छ’ उनले भने । सदरमुकाम बेनीमा धेरै भएपनि ग्रामिण क्षेत्रमा केही ग्राहकहरु समेत रहेका छन् । निजी तथा सरकारी कार्यालयमा समेत लाइन काट्न केन्द्रबाट निर्देशन आएपछि कर्मचारीलाई समेत सहज भएको छ ।