दरवाङमा विद्यालय समयमा हर्न निषेध

0

मालिका गाउँपालिकाले ठुला सवारी साधनलाई बजार क्षेत्रमा हर्न निषेध गरेको छ । जिल्लाको दोस्रो ब्यापारिक केन्द्र समेत रहेको दरवाङ बजारमा सवारी साधनको हर्नले सामुदायिक तथा निजी विद्यालयमा अध्ययरत विद्यार्थीलाई असर गरेको भन्दै विहान ९ः४५ बजे देखी १० बजे र बेलुकी ३ः४५ देखी ४ बजेसम्म हर्न निषेध गरिएको गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले बेनीअनलाइनलाई बताए ।

विद्यालय समयमा बजार क्षेत्रमा ठुला सवारीसाधन प्रवेशमा समेत रोक लगाइएको छ । बेनी–दरवाङ सडकखण्ड अन्र्तरगत आवतजावत गर्ने सवारीसाधनका कारण विद्यार्थीलाई समस्या भएपछि गाँउपालिकाको अगुवाईमा दरवाङका वडा अध्यक्ष सन्तनाथ सुबेदी, म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ इकाई अध्यक्ष मोतिराज गौतम, यातायात ब्यवसायी, शैक्षिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसैविच बजारमा ब्यवस्थित बसपार्क बनाउन समेत आवश्यक छलफल सुरु भएको छ । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको प्रवेशद्धार समेत मानिएको दरवाङबाट बागलुङ र रुकुम जिल्लाबाट समेत आवतजावत गर्ने गरेका छन् ।