म्यूजिक भिडियोमा जम्दै भुपेन बानियाँ (भिडियो सहित)

0
234

म्याग्दीका यूवाले जिल्लामै ब्यवसायिक म्यूजिक भिडियो छयाङ्कनमा जम्न थालेका छन् । समान्य लगानी र अनुभबाट म्यूजिकको क्षेत्रमा डेब्यू गरेका भुपेन बानियाँले आधा दशकमा एक दर्जन म्यूजिक भिडियोमा आफ्नो अनुभवलाई प्रयोग गरेका छन् । बेनीमा क्रियटिभ मिडिया प्रालिको स्थापना गरी म्यूजिक भिडियो सम्बन्धि काम सुरू गरेका बानियाँले निर्देशन, मोडेल संगै नयाँ प्रतिभालाई अवसर दिएका छन् ।

सुरूवातमा सिमित लगानीबाट ब्यवसायमा प्रवेश गरेका बानियाँले ७ वटा विभिन्न गीतमा आधारित म्यूजिक भिडियोको निर्देशनका साथै एक दर्जनको हाराहारीमा अभियन समेत गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अनिल बनियाँको शब्द, रचना रहेको ‘फेसबुक खोलेर’ र ‘एैनासरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।

बानियाँले निर्देशन,छायांकन र सम्पादन गरेका गीतको चर्चित संगितकार दिपक शर्माको संगित रहेको छ ।दुईवटा म्यूजिक भिडियो शनिबार यूटुवमार्फत सार्वजनिक भएका छन् । प्रसिद्ध धार्मिकस्थल गलेश्वर, महारानीथान, बौद्ध विहारमा छायांकन गरिएको फेसबुक खोलेर बोलको गीतमा कृष्ण काफ्ले र रमा अर्यालको स्वरमा स्थानीय कलाकारहरू लब थापा, फुलु पुनको मुख्य अभियन रहेको छ । यूवापुस्तालाई आर्कषित गर्ने पप रोमान्टिक शैलीको गीत रहेको निर्देशक बानियाँको भनाई छ । एउटा म्यूजिक भिडियोमा ४० हजार देखी ८० हजारसम्म खर्च हुने गरेको छ ।

त्यस्तै श्रेसी चेम्चोङले गाएको ‘ऐनासरी’ गीतमा म्याग्दीका लोकप्रिय लोक गायक धुब्र जिसी र सिमान्त बानियाँको अभियन रहेको छ जिल्लामै म्यूजिक भिडियोको छांयाकन, निर्देशन र सम्पादन हुन थालेपछि पोखरा काठमाण्डौमा अनावश्यक खर्च गनुपर्ने बाध्यताको समेत अन्त्य भएको बताए । ’हामीसंग काम गरेका कलाकारहरु अहिले बजारमा चलेका गायकहरुका म्यूजिक भिडियोमा अभियन गरिरहेका छन् । प्रतिस्पर्धाबाटै मोडेलहरु छनौट गरेर समेत म्यूजिक भिडियोमा अवसर दिने प्रयास गरिरहेका छौ‘ उनले भने । पत्रकार सम्मेलनमा जिल्लामा रहेका सञ्चारमाध्यबाट प्रचारप्रसार र प्रोत्साहनको अपेक्षा गरिएको बताए ।