हसिँयाले हानेर सहकर्मीको हत्या

0
227

मंगला गाउँपालिका–२ बावियाचौर रणवाङ सहस्रराधारामा एक मजदुरले आफ्नै साथीको हसिँया प्रहार गरी हत्या गरेका छन्।  मालिका बोर्डिङ स्कुलको निर्माणधिन अवस्थामा रहेको भवनमा लेवर काम गर्ने ताप्लेजुङ घर भई हाल पर्वत जलजला गाउँपाालिका–३ वारीबेनीमा बस्ने ४७ सुमन खड्काको चितवन सारदानगर–८ बस्ने ३० बर्षिय अशोक तामाङले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार राती विवाद भएपछि तामाङले प्रहार गरेको हसिँयाबाट खड्काको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका बारेमा विद्यालयका संचालकले प्रहरीलाई खवर गरेपछि इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षकको टोलीले हत्यामा संलग्न तामाङलाई घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए । मृतकको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।