आफन्तको सम्झनामा विद्यालयलाई सोलार सहयोग

0

लुलाङका एक दम्पत्तीले स्वर्गिय माताको सम्झनामा गाउँमा रहेको विद्यालयलाई सोलार सहयोग गरेका छन् । धौलागिरि गाउँपालिका–२ लुलाङ स्थित खोरिया निमावीमा स्वर्गि“य तुलसरा पुर्जाको सम्झनामा छोराबुहारी विष्णु पुर्जा र तारादेवी पुर्जाले १ सय वाटको सोलार सहयोग गरेको विद्यालयले जनाएको छ ।

विगतमा समेत गाउँमा विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेका पुर्जा दम्पत्तीले विद्यालयमा सोलारको अभावका बारेमा जानकारी पाएपछि करिव ७० हजार बराबरको सोलार प्यानल सहयोग गरेको खोरिया समाज कतारका अध्यक्ष हरि कुमार पुर्जाले बताए ।‘उहाँबाट अझैपनि धेरै सहयोगको अपेक्षा गरेका छौ ।आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेको छ’ पुर्जाले बेनीअनलाइनलाई भने ।

खोरियाबाट विदेशमा पुगेका यूवाहरुले खेलकुद मैदान सहित गाउँमा आवश्यक पर्ने विभिन्न पूर्वाधारहरु समेत विस्तारमा सहयोग गरेका छन् । यसैविच सहयोगदाताले भविस्यमा समेत आवश्यकता अनुसार सहयोगको प्रतिबद्धता जनाएका छन् । भौतिक र शैक्षिक पूर्वाधार विस्तारमा थप सहयोगको आवश्यकता रहेको विद्यालयले जनाएको छ ।