होटल याकमा कार्डबाटै भुक्तानी गर्न मिल्ने पिओएस मेसिन जडान

0
248

बेनीमा पहिलोपटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पिओएस मेसिनको जडान गरिएको छ ।बेनी नगरपालिका–८ अस्पताल चोक नजिक रहेको सुविधा सम्पन्न होटल याक एण्ड रेष्टुरेन्टमा सिद्धार्थ बैंक बेनी शाखा मार्फत नगद रहित भुक्तानीमा आधारित मेसिनको जडान गरी सेवा सुरू गरिएको हो।

विदेशी पर्यटकले अत्याधिक प्रयोगमा रहेको नगद रहित सेवा पछिल्लो समय नेपाली ग्राहकको समेत रोजाईमा पर्न थालेपछि मेसिन उपलब्ध गराइएको बैकका बेनी शाखा प्रवन्धक गणेश पाठकले बताए । ‘कार्डको प्रयोगबाटै भुक्तानी गर्न सकिन्छ ।सुरक्षिक बैंकिङ सेवा भएकाले पनि ग्राहकको आर्कषण बढेको छ’ पाठकले भने ।उनले बैंककले देशभर रहेका शाखाबाट आधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिएको बताउँदै म्याग्दीमा उच्चस्तरीय बैंकिङ अन्र्तरगत पीओएस मेसिनको प्रयोग गरिएको बताए ।

सिद्धार्थ वा अन्य कुनै बैकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरेर रकम भुक्तानी गर्न सकिने बताए। होटलको काउण्टरमा रहने मेसिन इन्टरनेट र टेलिफोनको प्रयोगबाट ग्राहकको एटिएमको प्रयोग गरी भुक्तानी गर्न सकिन्छ । ग्राहकले पीओएस मेसिनको प्रयोग गरेपछि होटलले निश्चित शुल्क बैंकलाई तिनुपर्ने हुन्छ ।‘कार्डबाट भुक्तानी गर्ने ग्राहकहरु धेरै आउँछन्, ग्राहकमैत्री सेवा अन्र्तरगत नगदरहित भुक्तानी सेवा समेत थप गरेका छौ’ होटल याकका संचालक बाबुराम आचार्यले बेनीअनलाइनलाई भने ।

उनले म्याग्दीका साथै मुस्ताङ भ्रमणमा आउने धेरैजसो विदेशी पर्यटकले कार्ड लिएर हिड्ने गरेको अवस्थामा मेसिनको अभावमा पोखरा पुगेर पठाउने गरेको बताउँदै मेसिन जडान गरेपछि सहज हुने बताए । ‘नेपाली ग्राहकले समेत कार्डबाटै भुक्तानी गर्न खोज्छन्, सेवाको थप प्रचारप्रसार गर्नेछौ’ आचार्यले भने । उनले पदयात्रामा नगद लिएर हिड्दा असुरक्षित महसुस पर्यटकलाई पिओएस मेसिनको प्रयोगबाट सहज भएको बताए । बेनीमा समेत कार्डबाट भुक्तानी गर्ने ग्राहकको संख्या विस्तारै बढ्दै जान थालेको छ ।

सेवाग्राहीले एटिएम मेसिनभन्दा पनि पिओएस मेसिनलाई सुरक्षित मान्छन् ।ब्यापारी तथा विदेशबाट आएकाहरुले कार्डको प्रयोग गर्ने गरेका छन् । होटल याक बेनीमा धेरै पर्यटक बस्ने होटलमा पर्छ । ग्राहमैत्री सेवालाई प्राथमिकतामा राख्ने गरेको कारण होटलले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ । धौलागिरि अञ्चलको मुस्ताङमा केही होटलले यो सेवा प्रयोग गरेपनि बागलुङ र पर्वतमा भने अझै पिओएस मेसिन प्रयोगमा आउन सकेको छैन् ।