मंगला गाउँपालिका–१ कुहुँमा आम भेलाबाट मजदुरीको ज्याला र बस्तुको मुल्य निर्धारण गरिएको छ । वडाका जनप्रतिनिधिहरु संगै सरोकारावाला निकायहरुको भेलाले प्रति दिन ८ घण्टा काम गरे वापतको ज्याला र विभिन्न बस्तुहरूको मुल्य तोकेको वडा सदस्य दिलकुमारी खत्रीले बताईन् ।

‘ज्याला र मुल्यलाई पूर्णरुपका कार्यान्वयन गराउने प्रयास हुने छ । समय अनुकुल परिमाजित गरिने छ’ उनले बेनीअनलाइनलाई भनिन् । महिला पुरुषलाई समान ज्यालाको आवाज उठिरहेको बेलामा ज्यालामा पुरुषलाई धेरै बनाएकोमा सच्चाउन दवाव आइरहेको अवस्थामा आगामी दिनमा यसलाई प्राथमिकतामा राखिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । गाउँघरमा हुने विभिन्न किसिमका मजदुरीका साथै खाद्य साम्रागी,पशुचौपाया लगाएतको मुल्य निर्धारण गरिएको छ । यसैविच नियम उल्लघंन गर्नेलाई २५ सय जरिमाना गरिने समेत निर्णय भएको छ ।

यस्तो छ निर्धारण गरिएको ज्याला र मुल्य

१) श्रमिक (सिकर्मी , सिमेन्ट प्लास्टर ) – ९००।
२) पर्खाल (बान्दो लगाउने ) – – ७००।
क) ज्यामी (ढुङ्गा फुटानी ) – ६००।
३) ढुङ्गा बोक्ने ( पुरुष /महिला ) – ५००/३५०
४) कृषिको काम ( महिला ) – २५०।
५) गोरु + हली – १२००।
६) अन्न ( प्रति पाथी )
क) धान -१५०।
ख) कोदो/गहुँ /आलू – १३०।
ग) मकै/जौ/उवा – १२०।
घ) घिउ सिमी -६००।
ङ) भट्टे सिमी – ४००।
च) केराउ /स्याल्तुङ – ३५०।
छ) घिउ /मह/ बोडी – ५००।
ज) भटटा – ३००।
झ) बदाम – २५०।
य ) मास – ८००।
३) गोठ तर्फ
क) भैंसी गोठ —- २०००।
ख) भेडा / बाख्रा गोठ – ८०००।
ग ) बाहाल ( राङ्गो/ बोका उन्नत जात ) – १०००/५००।
नोट : यो नियम उल्लंघन गर्ने /गराउने लाई जरीवाना रु २५००। का दरले लगाउने गरि निर्णय गरिएको छ