बन्धु समाजको अध्यक्षनमा देवेन्द्रबहादुर बानियाँ

0

बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीको मङ्गलबार बेनीमा सम्पन्न आठौं अधिवेशन तथा वार्षिक साधारणसभाले देवेन्द्रबहादुर बानियाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा क्या. धर्मराज बानियाँ, प्रथम उपाध्यक्षमा दलकेशर बानियाँ, द्वितीय उपाध्यक्षमा मिनबहादुर बानियाँ, सचिवमा यामबहादुर बानियाँ, कोषाध्यक्षमा गोविन्द बानियाँ र सहसचिवमा शिव बानियाँ निर्वाचित भएका छन् ।  यसैगरी कार्यसमिति सदस्यहरुमा पदम बानियाँ, प्रकाश बानियाँ, बलबहादुर बानियाँ, सागर बानियाँ, सुमन बानियाँ, अर्जुन बानियाँ, कमलबहादुर बानियाँ र प्रताप बानियाँ रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै बानियाँ बन्धु समाजका संरक्षक चन्द्रप्रकाश बानियाँले समाज विकासका लागि सङ्गठन आवश्यक रहेको बताएका थिए । उनले देशको करिब ४३ जिल्लामा बानियाँ बन्धुहरुको बसोबास रहेको पाइएको बताएका थिए ।  कार्यक्रममा बानियाँ बन्धु समाजका पूर्व केन्द्रीय सदस्य अमृतदेवी बानियाँ, बेनी नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र ६ नम्बर वडाका अध्यक्ष कृष्णबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

अधिवेशनको उद्घाटनसत्रमा बानियाँ बन्धु समाज म्याग्दीका सचिव दलकेशर बानियाँले प्रगति, कोषाध्यक्ष यामबहादुर बानियाँले आर्थिक र महायज्ञ आयोजक समितिका आर्थिक संयोजक क्या. धर्मराज बानियाँले महायज्ञको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।  कार्यक्रम बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीका निवर्तमान अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, प्रथम उपाध्यक्ष देवेन्द्रबहादुर बानियाँको स्वागत र सचिव दलकेशर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।