विगत तीनबर्ष देखी जापानबाट पाँचजनाको समुहमा नियमित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् ।यूटुव र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै आएका जापानिजको टोलीले हरेक बर्ष बुकिङ्ग गरेर कुण्ड आउँछन् ।

देशमा विभिन्न अस्पतालमा उपचार गरेर दिक्क भएका विरामीहरुको रोजाईमा पर्ने गरेको तातोपानी कुण्डमा गत आर्थिक बर्षमा जापानबाट १३ जना, भारत, दक्षिण कोरियाबाट गरी २७ जनाले ३ देखी ५ दिनसम्म कुण्डमा स्नान गरेको कुण्ड ब्यवस्थापन समितिका कार्यसमिति सदस्य कुमार केसीले बेनीअनलाइनलाई बताए ।

‘जापानबाट हरेकबर्ष स्नान गर्न भनेर आउनेको संख्या बढेको छ ।कुण्डको प्रचारप्रसार गर्न सकेमा थप विदेशीलाई समेत आर्कषित गर्न सकिन्छ’ केसीले भने ।उनले तीन महिना अगाडी होटल बुकिङ गरेर आउने गरेका जापानिजले त्यहाँको संचारमाध्यममा समेत कुण्डको प्रचारप्रसार गरेको जानकारी समेत पठाउने गरेको बताए ।कुण्डमा नेपाली र विदेशीलाई समान टिकटको ब्यवस्था गरिएको छ ।

‘विदेशीलाई पनि एउटै शुल्क लिन गरेका छौ । विश्वभर रहेका म्याग्देलीलाई त्यहाँ प्रचारप्रसारमा सघाउने गरी योजना बनाइरहेका छौ’ कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भने । उनले स्नान गर्न आउने विदेशी पर्यटकलाई स्वागत सहित कुण्डका बारेमा समेत जानकारी गराउने गरिएको छ ।

कुण्डमा एकबर्षको अवधिमा १४ हजार ९ सयभन्दा बढी विरामीले स्नान गरेका थिए । कुण्डमा सबैभन्दा धेरै बाग्लुङ जिल्लाबाट आउने गरेका छन् भने पवर्त, मनाङ, मुस्ताङ पोखरा, काठमाडौ, भैरहवा, चितवन, नेपालगंज, धरान लगाएतका क्षेत्रबाट आएका विरामीबाट शुल्क र चन्दा बापत ४२ लाख आम्दानी भएको थियो ।

कुण्डनमा स्नान गरेपछि ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्याभएका बिरामीहरुका लागि तातोपानी कुण्ड प्रकृतिको बरदान बनेको छ । बेनी नगरपालिका, धौलागिरि गाउँपालिकाको मुदी, रघुगंगा गाउँपालिकाको दग्नाम र अन्नपूर्ण गाउँपालिकाको घार लगाएतजिल्लाभर करिव एकदर्जन तातोपानी कुण्ड फेला परेको छ।