आशा खत्री

र्वतको जलजला गाउँपालिका मल्लाजमा अवस्थित मल्लाज बहुउदेश्यीय सहकारी संस्थाको दशौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले उद्घाटन गदैं माझफाँट, बाँसखर्क, लेकफाँट सालिजा र धाईरिङमा सहकारी मार्फत आर्थिकस्तर उकास्न खेलेको भूमिका संगै विगत र आगामी तिनबर्षे योजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।

साधारण सभाको अवसरमा अवसरमा कोषाध्यक्ष रामचन्द्र कार्कीले गत आर्थिक बषैको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक बर्षमा ७ करोड २१ लख ७ सय ७२ रुर्पैयाँ बचत गरेको सहकारीले ७ करोड १२ लाख ४४ हजार ५२९ लगानी गरी ७ लाख २६ हजार ४२८ मुनाफा आर्जन गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । १८३ जना सेयर सदस्य रहेको सहकारीमा १ करोड ४३ लाख ३१ ह्जार ४ सय सेयर रहेको छ ।

साधारण सभाको अवसरमा समाजमा उत्कृष्ट सामाजिक कार्यकर्ता क्याप्टेन टेक बहादुर जिसी, चेतना केन्द्रकी अध्यक्ष हेमकुमारी अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै सहकारीमा कार्यरत कर्मचारी मिना घर्ती क्षेत्री, बचतकर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारी, सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्य लगाएतलाई सम्मान गरिएको थियो । सहकारीका सचिव रघुनाथ आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्षता अध्यक्ष अधिकारीले गर्नुभएको थियो ।

यसैविच अधिवेशनबाट अधिकारीकै नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । उपाध्यक्षमा हिरा बहादुर जिसी, सचिव रघुनाथ आचार्य, कोषाध्यक्ष रामचन्द्र कार्की , सहसचिव ख्यामबहादुर खत्री र सदस्यहरुमा गोरे नेपाली, सरस्वती बरुबाल, डिल्लुमाया जि सि, हरिप्रसाद पौडेल, गणेश कार्की र रसिला कार्की रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा धनपती सुबेदी र सदस्यमा रमेश बैरागी र सुरेन्द्र कार्की रहनु भएको छ ।