निस्कोटमा मदिरा सेवन गरी निर्घाट कुटपिट

0

मालिका गाउँपालिका–१ निस्कोटमा एक बृद्धले मदिरा सेवन गरी निर्घाट कुटपिट गरेका छन् । बुधबार अत्याधिक मदिरा सेवन गरेका ६५ बर्षिया खड्क लाल पुनले छिमेकी लाल बहादुर विकलाई कुटपिट गरेका थिए ।

विकलाई विना कारण कुटपिट गर्दा नाख, मुखमा चोट लागेको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । विहानै देखी मदिराको नसामा हुने पुनले विकलाई मुखमा प्रहार गरेका थिए । मुख र नाखबाट रगत बगेपछि उनको प्राथमिक स्वास्थ्य चौकी दरवाङमा उपचार गरिएको थियो । ‘कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिइएको छ।

कानुन अनुसार कारवाही हुन्छ’ प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले भनिन् । उनले तीनजना प्रहरीले घटनामा संलग्नलाई गाउँबाट नियन्त्रणमा लिएको थियो । एक महिना अगाडी समेत घाईते विकको श्रीमति संग झगडा भएपनि स्थानीयस्तरमै मिलापत्र भएको थियो । पीडितले मदिरा सेवन गरेर कुटपिट गरिएको बताएका छन् । घाईते विकको उपचार पछी डिस्चार्ज गरिएको छ ।