यसरी भयो म्याग्दीको निर्वाचन क्षेत्र निर्धारण

0

म्याग्दी जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअगाडी समेत एक निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभाका सदस्यका लागि दुईवटा क्षेत्र निर्धारण गरिएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकालाई समेटेर एउटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । त्यस्तै पश्चिम म्याग्दीको मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई समेटेर प्रदेश क्षेत्र २ मा समावेश गरिएको छ ।

जिल्लामा क्रियासिल राजनीतिक दल विच बेनी नगरपालिकालाई टुक्राउने चर्चा चलेपनि निर्वाचन क्षेत्र निर्धारण आयोगले सिंगो नगरपालिका र गाउँपालिकालाई दुईवटा प्रदेश सभाका लागि विभाजन गरेको थियो । जिल्लामा प्रदेश सभाका लागि दुईवटा क्षेत्र निर्धारण भएपछि राजनीतिक दलको सक्रियता समेत बढ्ने संकेत देखिएको छ ।

गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ नम्बर क्षेत्रमा पर्ने बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाकाको प्रमुखमा कांग्रेस विजय भएको थियो । दुई नम्बर क्षेत्रमा मंगला र धौलागिरि प्रमुखमा नेकपा एमाले विजय भएको थियो भने मालिका गाउँपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजय भएको थियो ।

प्रतिनिधि र प्रदेश सभामा गाउँपालिकाको निर्वाचनको परिणामको अर्थ नहुने भएपनि सम्रग जिल्लामा वडा देखी गाउँपालिकाकाको प्रमुख सहितको भूमिकाले ठुलो भूमिका खेल्ने अनुमान गरिएको छ । राजनीतिक दलका स्रोतले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार क्षेत्र निर्धारण भएसंगै प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारको चर्चा समेत सुरु हुने छ ।