विद्यालय उमेर समुहका बालबालिका लागुपर्दाथको दुब्र्यसनमा फस्दै जान थालेपछि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले खुल्ला कविता वाचन प्रतियोगिता गरेको छ ।

बेनीमा आयोजित प्रतियोगितामा लागु औषध दुब्र्यसन नियन्त्रण कार्यक्रम अन्र्तरगत माविस्तरीय ’लागु औषधको सेवन बर्वाद हुन्छ जीवन‘ शिर्षकमा खुल्ला माविस्तरीय प्रतियोगितामा १२ विद्यालयका २२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।विद्यार्थीले समाजमा दुब्र्यसनले पारेको असर र विद्यार्थीले खेल्नुपर्ने भूमिका, यूवापूस्ताको समाजप्रतिको जिम्मेबारी लगाएतका विषयमा केन्द्रित भएर कविता बाचन गरेका थिए ।

प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी छात्रा सुदिप्ता पौडेल, बेनी आवासीय माविका छात्रा अविनाश शर्मा द्धितिय, लिटल गार्डेन एकेडेमीकी अमिसा परियार तृतिय, माउण्ट एभरेष्ट आवासीय माविकी सृष्टि पुन र न्यू वेष्ठ प्वाइन्ट आवासीय माविकी दिक्षा जिसीले सान्त्वना स्थान हात पारेका थिए । विजेताले क्रमश ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए ।

जिल्लामा हरेकबर्ष दुब्र्यसनीमा फस्ने यूवाहरुको संख्या बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला शिक्षा कार्यालय, स्थानीय यूवा क्लव, आमा समुह, विभिन्न सामाजिक संघसंस्था, विद्यालयसंग सहकार्य गरी दुब्र्यसनमुक्त समाज स्थापना गर्ने विभिन्न सन्देशमुलक कार्यक्रम गर्दै आइरहेको छ । प्रतियोगिता संगै आयोजित अन्र्तरक्रिया कार्यक्रममा अञ्चल प्रहरी कार्यालय बागलुङका प्रमुख विक्रम गुरूङले प्रहरीले दुब्र्यसनी सम्बन्धि कार्यक्रमलाई सहर देखी गाउँसम्म सञ्चालन गरिरहेको बताएका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीमा सभापति तारानाथ शर्मा लगाएतले बालबालिकालाई कुलतमा फस्न नदिन अभिभावक र समाजको प्रमुख जिम्मेबारी हुने बताएका थिए । कार्यक्रममा ग्रामिण क्षेत्रमा गाँजा, चरेश, अफिमको प्रयोगकर्ता र सहरबजारमा औषधी र सुईको माध्यमबाट प्रयोग गर्ने प्रयोगकर्ता रहेको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काको अध्यक्षता, प्रहरी निरिक्षक सन्तोष रोकाको स्वागत तथा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रहरीले सदरमुकाम देखी ग्रामिण तहसम्म विभिन्न जनचेतनामुलक कार्यक्रम गरी दुब्र्यसन विरुद्धको अभियान सञ्चालन गर्ने गरेको छ ।