नमुना डम्पिङ साईड बनाउन वालिङ नगरपालिकाको भ्रमण

0

म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोर ब्यवस्थापनका लागि डम्पिङ साईड निर्माणलाई नमुना बनाउन नमुना डम्पिङ साईडको अवलोकन गरिएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठ, कार्यकारी अधिकृत विश्वमित्र कुँइकेल, बेनपा–१ क वडा अध्यक्ष टेक बहादुर रावल, वडा–७ राजेन्द्र श्रेष्ठ लगाएतको टोलीले वालिङ नगरपालिकाको फोहोर ब्यवस्थाप र डम्पिङ साईडको स्थलगत अनुमगन गरेका छन् ।

सदरमुकाम बेनी आसपासका क्षेत्रमा संकलन भएको फोहोर ब्यवस्थापनमा देखिएको समस्या र डम्पिक साईडका लागि प्रस्ताव गरिएका स्थानका बारेमा विरोध भएपछि उपयुक्त स्थानको खोजी र सहमितको प्रयास भइरहेको अवस्थामा नगरपालिकाले वालिङका भएको ब्यवस्थापनको मोडेलको अवलोकन गरेको नगरप्रमुख श्रेष्ठले बेनीअनलाइनलाई भने ।

‘हामीले पनि वालिङको जस्तै डम्पिङ साईड बनाउन सक्छौ, सबैको सहयोगको आवश्यकता छ‘ उनले भने । उनले नगरपालिकालाई स्थानीय संस्थाले समेत सहयोग गरेको बताए । नगरपालिका नमुना बनाउन जनसमुदायसंगै संघसंस्थाको समेत सहयोगको आवश्कयता रहेको बताउँदै वालिङभन्दा पनि राम्रो बनाउन सकिने नगर प्रमुखको भनाई छ ।

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले नगरपालिकाले गरेको प्रयासलाई स्थलगत रुपमै पुगेर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । डम्पिङ साईडले दुर्गन्ध फैलन्छ भन्ने भ्रम मात्रै भएको बताउँदै उचित ब्यवस्थापन गरे स्थानीयले रोजगारीका साथै आयआर्जन समेत टोलीको भनाई छ । स्थलगत अनुमन गरेर फर्किएको टोलीले प्रस्तावित बेनपा–१ रानीबनमा सहमतिको प्रयास गरिने नगरपालिकाले जनाएको छ । डम्पिङ साडईको प्रस्ताव गरिएपछि रत्नेचौर, आनन्दबगर आसपासका जनताले विरोध गरेका थिए ।

बढ्दो बजारीकरणसंगै एकदशक यता फोहोर ब्यवस्थापन गर्न डम्पिङ साइडका लागिविगतमा पटक–पटक प्रयास गरिएपनि ठाउँको पहिचान हुन नसक्दा अलपत्र परेको योजना स्थानीय तहको निर्वाचन लगत्तै नगरपालिकाको महत्वपूर्ण योजनामा समावेश गरी ६८ लाख बजेट गरिएको छ । दैनिकजसो सङ्कलन गरिएको फोहोर विर्सजनका लागि उचित ठाउँ नपाउँदा बजार क्षेत्रमा संकलित फोहोर बेनी–गलेश्वर सडकखण्डमा पर्ने रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको छ ।

हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाएर ब्यवस्थित गर्न गरिएका प्रयासमा विरोध भएपछि अलपत्र परेको योजनालाई केही महिनाभित्र टुंगो लगाउने प्रयास भइरहेको छ । बेनीबजारमा दैनिक ४ देखि ६ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ। तस्वीर सन्तोष बोगटी