सन्तोष गौतम
म्याग्दी ७ मंसिर । अनेरास्ववियु क्रान्तिकारी ले आफ्ना कार्यकर्तालाई एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरुले क्याम्पस परिसरमै कुटपिट गरेको विरोधमा म्याग्दी बहुमुखी क्यामपसमा शुक्रबारदेखि गरेको अनिश्चीतकालीन तालाबन्दी फिर्ता गरेको छ ।

छात्राबासमा बस्दै आएका आफ्ना कार्यकर्ता जितबहादुर घर्तिलाई अनेरास्ववियु का क्याम्पस प्राक अध्यक्ष दिनेशान्त बरुवालको नेतृत्वमा आएको युथ फोस्रको समुहल कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएको बिरोधमा कारबाहीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका क्याम्पस ईकाई समिति अध्यक्ष विराज केसीले बताउनुभयो । क्याम्पस प्रशासन र २ विद्यार्थी संगठनको छलफलमा गल्ती नदोर् याउने सहमातिपछि ताला खोलिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।