सन्तोष गौतम

ताकम म्याग्दी ३ कात्तिक । म्याग्दी जिल्लाको ताकम गाविसका किसानहरुले व्यावसायीक रुपमा कागती खेती गरेपनि उत्पादनलाई बजार अभाव भएपछि उनिहरु चिन्तित भएका छन् ।

ताकम गाविसको वडा न।७ मा पर्ने हिलापोखरीका एक दर्जन भन्दाबढी किसानहरुले उत्पादन गरेको संयौ क्विन्टल कागती भण्डारण गर्ने स्थान तथा ज्ञानको कमि र बजार अभावका कारण बारीमै कुहिन थालेको छ । कागतिलाई बजार समस्या भएपछि व्यावसायनै छाड्ने अवस्थामा पुगेको स्थानिय किसान डिलबहादुर हमालले गुनासो गर्नुभयो ।

एकवटा वोटबाट १ क्विन्टल सम्म कागती उत्पादन गरेको अनुभव सुनाउने यहाँका किसानहरु हिजोआज बजारको खोजिमा छन् ।

यहाँका किसानहरुले एक रुपैयाको ५ दाना कागती बेच्ने गरेका छन् । तर यही कागती सहरी क्षेत्रमा पुर् याउने हो भने पाँच रुपैयाको दुई दानाका दरले बिक्री हुने अर्का किसान कृष्ण पौडेलले बताउनुभयो । कागतीको भण्डारण गर्ने र विभिन्न परिकार बनाउन सिकाउन सम्बन्धित पक्षले ध्यान दिएमा बर्षेनि लाखौ आम्दानी गर्न सकिने कृषक पौडेलको भनाई छ ।

विज्ञापन