नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीकोे शनिबार सदरमुकाम बेनीमा सम्पन्न १२औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जयराम सुवेदी निर्वाचित भएका छन् । सङ्गठनको उपाध्यक्षमा लेखबहादुर हमाल, महिला उपाध्यक्षमा देवी पूर्जा, सचिवमा रमेशसिंह ठकुरी, सहसचिवमा उमादेवी कँडेल, कोषाध्यक्षमा युवराज बरुवाल र सह–कोषाध्यक्षमा हेमकुमारी गर्बुजा निर्वाचित भएका छन् ।

यसैगरी सङ्गठनको कार्यसमिति सदस्यहरुमा मुकुन्दप्रसाद रेग्मी, तेजबहादुर राई, मनबहादुर रोका, शान्तबहादुर नेपाली, मनबहादुर रोका, खिमबहादुर जुग्जाली, लबहादुर रोका, बालकुमारी खत्री, बिरमाया विक, जमुना केसी, कुसुमकुमारी पूर्जा, शिरबहादुर गर्बुजा, सुकदेवी गर्बुजा र कृष्णबहादुर छन्त्याल रहेका छन् ।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा बालकुमार रोकामगर, गणेश बानियाँ, थममायाँ पुन र खगेन्द्र सापकोटा चयन भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीले जनाएको छ । अधिवेसनको सङ्गठनका केन्द्रिय महासचिव लक्ष्मण शर्माले उद्घाटन गरेका थिए ।