खुल्ला कराँते प्रतियोगितामा म्याग्दीलाई चार स्वर्ण

0
189

प्रथम भोटेओडार राष्ट्रब्यापी खुल्ला कराँते प्रतियोगितामा म्याग्दीका खेलाडीले चार स्वर्ण सहित विभिन्न पदक जितेका छन् । लमजुङमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका २० केजीमा अविनाश राई, २५ केजीमा अरुणा फगामी, ५५ केजीमा क्रिस थापा, ६० केजीमा गौरव घर्तीमगरले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै ३५ केजीमा मासल गर्बुजा र कराँतेमा प्रजोवल शेरचनले रजत पदक जितेको कराँते प्रशिक्षक एवम् खेलाडी चन्द्र बुढाले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार प्रतियोगितामा रिजन थापा, पवित्रा पुन, मन्जु सुनुवार, रितोना बानियाँ, अलिस बानियाँ र श्रृष्टि शर्माले काँस्य पदक जिेतका छन् । ‘खेल निकै उत्कृष्ट थियो, खेलमा देखिएका कमीकमजोरीलाई आगामी प्रतियोगितामा सच्चाउने छौ’ रेफ्रीको भूमिकामा देखिएका बुढाले भने ।

म्याग्दीका कराँते खेलाडीले पछिल्लो समय स्वदेश तथा विदेशमा स्वर्णपदक जित्न थालेपछि पश्चिमाञ्चलमा कराँते खेलका लागि म्याग्दीलाई अब्बल मानिन्छ । प्रतियोगितामा चन्द्र बुढा, विना घर्तीमगर र सुमन बानियाँ रेफ्रीको भूमिकामा देखिएका थिए ।

नेपाल सरकार अन्र्तरगत सञ्चालन हुने प्रतियोगितामा समेत म्याग्दीले सर्वोत्कृष्ट खेलाडी सहित स्वर्ण, रजत र काँसे पदक जित्ने गरेको छ । जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रमा समेत पछिल्लो समय विद्यार्थी उमेर देखी नै कराँते खेल प्रति मोह बढेको छ ।