बेनी नगरपालिका–४ तातोपानीमा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिकोसातौं वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनकबाट अध्यक्षमा पुनः विरेन्द्रमान शाक्य निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा मोम कुमारी बुढाथोकी, सचिव कृष्ण बहादुर खड्का, कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठ र सहसचिव अम्बर बहादुर खत्री ‐कुमार) रहेका छन् ।त्यसैगरी सदस्यहरुमा रामप्रसाद अधिकारी, पदम बानियाँ, गणेश बहादुर बानियाँ, गीता कार्की, उजेली श्रीष,ईश्वरसिंह खत्री, देवी किसान, प्रेम श्रीस चयन भएको ब्यवस्थापन समितिले जनाएको छ ।

प्राकृतिक चिकित्सालयको रुपमा परिचित कुण्डको अधिवेशनमा शाक्यको नेतृत्वमा सर्वसम्मति भएको थियो । अधिवेशनबाट मिन बहादुर बानियाँको संयोजकत्वमा विष्णुदत्त उपाध्याय, लिलाधर जैसी, भुवानी घर्ती, टेक बहादुर फगामी, जंग बहादुर रसाईली र भोज बहादुर बानियाँ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।

कुण्डले गत आर्थिक वर्ष २०७३÷७४ अघिल्लो आर्थिक वर्षको अल्यासहित कुल ८८ लाख ९३ हजार ६८ रुपैयाँ आम्दानी, ६३ लाख ९३ हजार ६८ रुपैयाँ खर्च र २५ लाख १९५ रुपैयाँ बैंक मौज्दात रहेको जनाएको छ । आम्दानीतर्फ ३२ लाख रुपैयाँ प्रवेश शुल्क, चन्दा सहयोग १८ लाख ९७ हजार २५७, पर्यटन कार्यालय पोखराबाट नौलाख ६१ हजार ५९३,आजीवन सदस्यता शुल्क तीनलाख ३१ हजार २६६ र विविध दुईलाख २० हजार ५६६ रुपैयाँ रहेको बताइएको छ।