८ लाखको लागतमा माझफाँटमा खेलकुद मैदानको निर्माण सुरू

0

जलजला गाउँपालिका –३ मा हिमसुसेली यूवा क्लवले नमुना खेलकुद मैदान निर्माण सुरु गरेको छ । गाउँमा रहेका खेलकुद प्रतिभाको उजागर गर्ने उदेश्यले क्लवले बास्केट बल सहितको ब्यवस्थित खेलकुद मैदान निर्माण सुरु गरेको हो । करिव ८ लाखको लागन अनुमान गरिएको मैदानमा स्वदेश तथा विदेशमा रहेका साविकको माझफाँटबासीबाट सहयोगको अपेक्षा गरिएको छ ।

करिव ८ लाख लागतमा सुरु भएको खेलकुद मैदानका लागि क्लवले माझँफाटबाट विदेशमा रहेका यूवाहरुबाट पनि सहयोग गरिएको छ । उनले माझफाँटबासीबाट आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा सहित सुरु भएको मैदानमा साविकको माझफाँटमा रहेका समाजसेवी, बुद्धिजिवी, शैक्षिक ब्यक्तित्व लगाएतको सल्लाह सुझावमा अगाडी बढ्ने क्लवका सचिव रविन जिसीले बताए । ‘स्थानीयस्तरमा खेलकुदका गतिविधि धेरै हुने गरेका छन् । सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ’ उनले भने ।

माझफाँटको लोकप्रिय र सक्रिय क्लव समेत रहेको हिमसुसेलीले हरेक बर्ष खेलकुद सहित सामाजिक तथा विभिन्न रचनात्मक कार्यहरु गर्ने गरेको छ । क्लवले खेलकुदसंगै गाउँमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा पनि सहयोग जुटाउने तथा नेतृत्वदायी भूमिका खेलेको छ ।